रुकुम पश्चिम -१८, साउन ।
Advertisement
नेपाली एमएमए फाइटर रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइटको फाइनलमा च्याम्पियन बनेका छन् । भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गर्दै रविन्द्र च्याम्पियन बनेका हुन् ।
रविन्द्रले तेस्रो राउन्डमा कोरेनलाई नकआउट गर्दै ऐतिहासिक जित हासिल गरेका छन् । उनले व्यावसायिक फाइटमा नवौं जित दर्ता गर्दै एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट समेत हात पारेका छन् ।
रविन्द्रले बान्टमवेट बेल्ट जितेपछि आफ्नो प्रशिक्षक तथा मेन्टर दिविज पिया लामालाई जित समर्पण गरे ।
ढाँटले दुई वर्षअघि भारतका जेसन लिन्डोघलाई नेपाल वारियर्स च्याम्पियनसिप २०२३ मा नकआउट गरेका थिए । खेलको २ मिनेट नबित्दै विपक्षीलाई नकआउट गरेका रविन्द्रले त्यसयता लगातार अन्तर्राष्ट्रिय फाइट जित्दै आएका छन् ।