• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७. एनभिएलमा आज दुई खेल हुँदै

  • ८. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

कम्युनिस्ट आन्दोलनले ल्याएको परिवर्तनलाई संस्थागत गर्न जरुरी : नेता शर्मा

भरत चन्द 

Advertisement

रुकुम पश्चिम -१०, बैशाख ।

नेकपा (माओवादी केन्द्र) का उप महासचिव जनार्दन शर्माले समाजवाद स्थापना र जनताको जीवनस्तर सुधारका लागि कम्युनिस्ट आन्दोलनले ल्याएको परिवर्तनलाई संस्थागत गर्नु आवश्यक रहेको बताएका छन् ।

माओवादी केन्द्र रुकुम पश्चिमले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले नेपालमा श्रमजीवी वर्गको मुक्ति र समाजको संरचनात्मक रुपान्तरणका लागि कम्युनिस्ट आन्दोलन अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

उनले भने, “कम्युनिस्ट आन्दोलन राणा शासनको अन्त्यबाट सुरु भयो । जनताको अवस्था परिवर्तन गर्न जनयुद्ध आवश्यक थियो भने व्यवस्थागत परिवर्तनका लागि जनआन्दोलन आवश्यक थियो ।”

पूर्व गृहमन्त्री समेत रहेका शर्माले हालको राजनीतिक अवस्था प्रति चिन्ता व्यक्त गर्दै जनतामा वितृष्णा बढ्नुको कारण नेताहरूको व्यवहार र सत्ता केन्द्रित राजनीति रहेको उल्लेख गरे । “राजनीतिज्ञहरू आन्दोलन गर्न सक्षम भए पनि व्यवस्था परिवर्तन गर्न असक्षम देखिएका छन्,” उनले भने ।

उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्तवाद अन्त्यको घोषणा गरेको स्मरण गर्दै देशभित्र वैचारिक बहस कमजोर हुनु, सत्ता प्राप्तिमा मात्रै केन्द्रित हुनु, र असल नेतृत्वको अभावले कम्युनिस्ट पार्टीहरू विभाजनमा गएको बताए । “इगोका कारण नेकपा फुट्यो । स्वार्थ राखेर असल कम्युनिस्ट बन्न सकिन्न,” शर्माको भनाइ थियो ।

नेता शर्माले सहिदहरूले ल्याएको परिवर्तनलाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार ल्याउने दिशामा सरकारले ठोस काम गर्नुपर्नेमा जोड दिए । “प्रगति भए पनि जनजीवन सहज छैन । गरिबी हटाउन र रोजगार सिर्जना गर्न अब ग्राउन्ड लेभलबाटै काम थाल्नुपर्छ,” उनले भने ।

कार्यक्रममा उनले कम्युनिस्ट एकताको प्रयास भइरहेको बताउँदै आफू समाज परिवर्तनका लागि सकारात्मक रूपमा अघि बढ्ने प्रतिबद्धता जनाए । अन्त्यमा शर्माले सबै नेता, कार्यकर्ता र जनतालाई परिवर्तनको यात्रामा योगदान दिएकोमा धन्यवाद ज्ञापन गरे ।

बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.