• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
मङ्गलबार, माघ २७, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै

स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

नेपालसँग क्यानडा ६ विकेटले पराजित

रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते

निर्वाचन जितेपछि मात्रै खादा र माला लगाउने शर्माको भनाइ

लोकप्रिय समाचार

  • १. जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

  • २. नेपालसँग क्यानडा ६ विकेटले पराजित

  • ३. रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

  • ४. स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

  • ५. मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

  • ६. आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

  • ७. आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै

मसानघाट गएको राजतन्त्र फर्कन्नः झाँक्री 


रुकुम पश्चिम -२८, चैत ।

Advertisement

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले मसानघाट गएको राजतन्त्र कुनै पनि हालतमा नफर्कने बताएकी छन् । बुधबार नेकपा एस प्युठानकाे दशौँ जिल्ला अधिबेशनमा बोल्दै पूर्वमन्त्री समेत रहेकी झाँक्रीले दुईदशक अगाडि मसानघाट पुगेकाे राजतन्त्र कुनै पनि हालतमा नफर्कने बताएकी हुन् ।

 

लामाे समय म्युजियममा थन्क्याएर राखेको ब्यक्तिकाे पक्षमा अहिले सडकमा आन्दोलन गर्ने अवस्था आउनुमा हाम्रा केही कमजोरी भएको भन्दै उनले लाेकतन्त्रवादी राजनीतिक दलहरूले समीक्षा गर्नुपर्ने आवश्यकता आएको बताइन् । मुलुकमा यति धेरै परिवर्तन ल्याउन मुख्य भुमिका निभाउने राजनीतिक दलका नेतृत्वले अब समीक्षा गर्नुपर्ने र नसुध्रिए आगामी निर्वाचनमा हामी लाेकतान्त्रिक शक्तिहरुकाे अवस्था दयनिय हुने उनको तर्क छ ।

 

“अहिले यो अवस्थामा हामीसगँ दुईवटा मात्रै विकल्प छन्, सुध्रिने वा सक्किने । हामीले ल्याएकाे परिवर्तनमाथि धावा वाेल्ने समय कसका कारणले भयाे उनले भनिन्, अब हामीले समीक्षा नगर्ने र समयअनुसार परिवर्तन भएर चल्न सकिएन भने हामी सडकमा हिड्दा पनि जनताले चड्कन हान्ने दिन छिट्टै आउँछ । हामी करेक्सन भएनाै भने आगामी स्थानीय, प्रदेश र सघंकाे निर्वाचनमा हाम्रा नेता कार्यकर्ताहरु स्वतन्त्र उम्मेदवार बनेर मैदानमा देखिने छन् उनले बताईन ।”

 

मुलुकमा धेरै परिवर्तन ल्याएका राजनीतिक दलका नेताहरू सुध्रिन नसक्ने र समय अनुसार चल्न नसक्ने हाे भने राजनीतिबाट उत्तम निकास नै अहिलेकाे आवश्यकता हाे उनकाे भनाई छ ।

 

प्युठान जिल्लाको दशौँ जिल्ला अधिबेशनकाे उद्घाटन पूर्वमन्त्री तथा पार्टी केन्द्रीय उपमहासचिव मेटमणी चाैधरीले गरेका थिए । कार्यक्रममा पूर्वमन्त्री साेम प्रसाद पाण्डे लगायतका केन्द्रीय नेताहरुकाे उपस्थिति रहेकाे बताइएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

बिहिबार, चैत २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम
आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै
स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण
आइसीसी टि-२० विश्वकप आजदेखि सुरु
नेपालसँग क्यानडा ६ विकेटले पराजित
रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

लोकप्रिय

  • १.
    जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

  • २.
    नेपालसँग क्यानडा ६ विकेटले पराजित

  • ३.
    रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

  • ४.
    स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

  • ५.
    मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

  • ६.
    आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

भर्खरै

  • १.
    मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

  • २.
    आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै

  • ३.
    स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

  • ४.
    आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

  • ५.
    नेपालसँग क्यानडा ६ विकेटले पराजित

  • ६.
    रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

  • ७.
    जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

  • ८.
    सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.