रुकुम पश्चिम -२३, चैत ।
नेपाली कला साहित्य डटकम प्रतिष्ठान काठमाडौँको आयोजना र राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको सहआयोजनामा जिल्लाव्यापी कविता प्रतियोगिता सुरु भएको छ । सिर्जना उत्सव कार्यक्रम अन्तर्गत मुसिकोट नगरपालिका -५, सेरीगाउँको सहिद प्रतिष्ठानको हलमा कविता प्रतियोगिता सुरु भएको हो ।
राप्ती साहित्य परिषद्का अध्यक्ष मनलाल ओलीका अनुसार सिर्जना उत्सवको आज दोस्रो दिन कविता प्रतियोगिता सञ्चालन गरिनेछ । प्रतियोगितामा १२ जनाले आफ्नो कविता वाचन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिता आजै सकिने बताइएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार तोकिएको छ । त्यस्तै द्वितीय पुरस्कार १५ हजार, तृतीय पुरस्कार १० हजार र सान्त्वना दुईजनालाई पाँच-पाँच हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
यो कार्यक्रममा नेपाली कला साहित्य डटकम प्रतिष्ठानका २० जनाभन्दा बढी साहित्यकारको उपस्थिति रहेको छ । कार्यक्रमको आर्थिक व्यवस्थापन मुसिकोट नगरपालिकाले गरेको छ ।
सिर्जना उत्सवको पहिलाे दिन शुक्रवार त्रिवेणी गाउँपालिकाको सिम्रुतुमा जिल्लाव्यापी खुला ठाडीभाका प्रतियोगिता सम्पन्न गरिएको छ ।