रुकुम पश्चिम -२९, फागुन ।
Advertisement
आज देशका पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ रंगहरुको पर्व होली मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली एक आपसमा रङ लगाएर मनाउने गरिन्छ ।
यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । तराई क्षेत्रमा भने होली पर्व भोली मनाइदै छ । होली पर्व अथवा फागु पूर्णिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाको दिनमा मनाउने हिन्दू संस्कृतिको प्रमुख उत्सव हो ।
आपसी सद्भाव र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने पर्व होलीलाई पुरानो कटुता समेत समाप्त गरेर आपसमा स्नेह र सद्भाव प्रारम्भ गर्ने सुखद दिनका रुपमा समेत लिइन्छ ।