• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. कविता – ‘उदेक लाग्छ’

  • ४. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

नेकपा (एकीकृत समाजवादी) सुर्खेतको अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न

सुर्खेत संवाददाता -२५, फागुन ।

Advertisement

नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी सुर्खेतले वीरेन्द्रनगरमा आइतबार नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका जिल्ला अध्यक्ष खड्ग केसीको अध्यक्षता एवं पार्टी केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शाहीले पार्टीलाई बलियो बनाउन स्पष्ट दृष्टिकोण सहित नेता र कार्यकर्ता एकैसाथ अघि बढ्नुपर्ने निर्देशनात्मक धारणा राखे । उनले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास, नेतृत्व विकास तथा पार्टी संगठन विस्तारका विषयमा प्रशिक्षणको महत्वलाई प्रष्ट्याएका थिए ।

पार्टीका कर्णाली प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरीको विशेष आतिथ्यता रहेको प्रशिक्षण कार्यक्रममा पार्टी उपाध्यक्ष कुमार ढकालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन जिल्ला सचिव कृष्णप्रसाद सुवेदीले गरेका थिए ।

त्यसैगरी, कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य बसन्त कुमार विश्वकर्मा, केदार कंडेल तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य कुलदीप भट्टले प्रशिक्षणमा सहभागी कार्यकर्ताहरूलाई मार्गनिर्देशन गरेका थिए ।

प्रशिक्षणमा पार्टी निर्माण, असल नेतृत्वको गुण, पार्टी विधान, दस्तावेज र कार्यालय व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको बताइएको छ । सहभागीहरूले यस्तो प्रशिक्षणले पार्टी संरचना बलियो बनाउन तथा स्थानीय स्तरसम्म प्रभावकारी संगठन विस्तार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

आइतबार, फागुन २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    कविता – ‘उदेक लाग्छ’

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • २.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ३.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ६.
    कविता – ‘उदेक लाग्छ’

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.