• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, चैत २१, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

तुलसीराम खड्काका तीन मुक्तक

रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

आजको मौसम : हावाहुरी सहित मध्यम वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. डिजिटल युगमा साक्षरता प्रवर्धन (निबन्ध)

  • २. तुलसीराम खड्काका तीन मुक्तक

  • ३. ओली र लेखकलाई पाँच दिन हिरासतमा राखिने

  • ४. मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५. रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ६. नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

  • ७. आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ८. नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

  • ९. मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

  • १०. रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

जिल्लाव्यापी खुल्ला कविता र ठाडीभाकाको पुरस्कारराशि तोकियो

"प्रतियोगिताको दुवै विधातर्फ समान पुरस्कार राशि  "

रुकुम पश्चिम -२५, फागुन ।

Advertisement

नेपाली कला साहित्य डटकम प्रतिष्ठान काठमाडौँको आयोजना र राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको सहआयोजनामा हुने जिल्लाव्यापी खुल्ला कविता र ठाडीभाका प्रतियोगिताको पुरस्कारराशि निर्धारण गरिएको छ । आगामी चैत २२ र २३ गते त्रिवेणी गाउँपालिका र मुसिकोट नगरपालिकामा आयोजना गर्न लागिएको बृहत प्रतियोगिताका लागि पुरस्कारराशि निर्धारण गरिएको हो ।

 

राप्ती साहित्य परिषद्का अध्यक्ष मनलाल ओलीका अनुसार सिर्जना उत्सवमा आयोजित खुल्ला कविता प्रतियोगिताका लागि प्रथम पुरस्कार २५ हजार तोकिएको छ । त्यस्तै द्वितीय पुरस्कार १५ हजार, तृतीय पुरस्कार १० हजार र सान्त्वना दुईजनालाई पाँच-पाँच हजार पुरस्कार प्रदान गरिने भएको छ ।

 

यसैगरी खुल्ला ठाडीभाका प्रतियोगितातर्फ पनि प्रथम पुरस्कार २५ हजार तोकिएको छ । त्यस्तै द्वितीय पुरस्कार १५ हजार, तृतीय पुरस्कार १० हजार र सान्त्वना दुईजनालाई पाँच-पाँच हजार पुरस्कार प्रदान गरिने भएको छ ।

 

सिर्जना उत्सवको सिलसिलामा हुने जिल्लाव्यापी खुल्ला कविता प्रतियोगितामा भाग लिन इच्छुक रचनाकारले कविता प्रतियोगिताका लागि नजिकको माध्यमिक विद्यालय, क्याम्पस वा राप्ती साहित्य परिषद्को ठेगानामा रचना पठाउन सकिनेछ । त्यस्तै खुल्ला ठाडी भाका प्रतियोगिता (एकल वा समूह) मा भाग लिन चाहनेले त्रिवेणी माध्यमिक विद्यालय सिम्रुतुका शिक्षक मोहनराज घर्तीलाई सम्पर्क गर्न सकिने अध्यक्ष ओलीले बताएका छन् ।

 

मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाको आर्थिक सहयोगमा उक्त सिर्जना उत्सव कार्यक्रम चैत २२ गते त्रिवेणी गाउँपालिकाको सिम्रुतु र २३ गते मुसिकोटमा आयोजना गरिने बताइएको छ ।

जिल्लाव्यापी खुल्ला कविता प्रतियोगिता जिल्ला सदरमुकाम मुसिकोट खलङ्गा र खुल्ला ठाडी भाका प्रतियोगिता सिम्रुतुमा आयोजना गर्ने गरी स्थान निर्धारण गरिएको छ ।

 

यो कार्यक्रममा नेपाली कला साहित्य डटकम प्रतिष्ठानका २० जनाभन्दा बढी साहित्यकारको उपस्थिति रहनेछ ।

सिर्जना उत्सव कार्यक्रमलाई भव्य रूपमा आयोजना गर्न मूल समारोह समितिको काम राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमले गरेको छ । यसैगरी साहित्यकार पूर्ण ओलीको संयोजकत्वमा आर्थिक स्रोत साधन व्यवस्थापन एवम् प्रचार-प्रसार समितिले हाल विभिन्न सहयोगीबाट आर्थिक सङ्कलन गरिरहेको राप्ती साहित्य परिषद् रुकुम पश्चिम शाखाले जनाएको छ ।

आइतबार, फागुन २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तुलसीराम खड्काका तीन मुक्तक
रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न
मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया
आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु
नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन
मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

लोकप्रिय

  • १.
    डिजिटल युगमा साक्षरता प्रवर्धन (निबन्ध)

  • २.
    तुलसीराम खड्काका तीन मुक्तक

  • ३.
    ओली र लेखकलाई पाँच दिन हिरासतमा राखिने

  • ४.
    मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५.
    रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ६.
    नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

भर्खरै

  • १.
    तुलसीराम खड्काका तीन मुक्तक

  • २.
    रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ३.
    मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

  • ४.
    आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ५.
    नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

  • ६.
    मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ७.
    रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ८.
    नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.