• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
सोमबार, मङि्सर २९, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

लोकप्रिय समाचार

  • १. एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • २. परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

  • ३. कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • ४. एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ५. एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

  • ६. विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

  • ७. सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

  • ८. कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

  • ९. लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

समाजवादी प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला सम्पन्न

"दश बुँदे घोषणा पत्र जारी "

रुकुम पश्चिम -५, फागुन ।

Advertisement

समाजवादी प्रेस संगठन, नेपालको दोस्रो राष्ट्रिय भेला आइतबार सम्पन्न भएको छ । संगठनमा आबद्ध देशैभरका प्रतिनिधिको उपस्थितिमा काठमाडौँ स्थित केएम बैंकेटमा दोस्रो भेला सम्पन्न भएको हो ।

 

भेलाले संगठनको केही रिक्त पदमा पदपूर्ति गर्दै १० बुँदे घोषणापत्र समेत जारी गरेको सो संगठनले बताएको छ । भेलाबाट संगठनका संस्थापक अध्यक्ष शम्भु श्रेष्ठलाई अध्यक्षमा चयन गरिएको छ । त्यस्तै महासचिवमा रोहित दाहाल, कोषाध्यक्षमा भरतराज पोखरेल र उपाध्यक्ष (लुम्बिनी) हृदय भुसाल चयन भएका छन् ।

 

यस भेलाले १० बुँदे घोषणा पत्र अन्तर्गत अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारहरूको हकहित तथा सुशासन र पारदर्शिताका विषयमा सरकार र सरोकारवाला निकायहरूसँग महत्वपूर्ण मागहरू राखेको छ ।

त्यस्तै सरकारद्वारा प्रस्तावित सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने प्रयासको रूपमा व्याख्या गर्दै तत्काल फिर्ता लिनुपर्ने माग गरेको छ । साथै, संसदको हिउँदे अधिवेशन छलेर ल्याइएका अध्यादेशहरू फिर्ता लिनुपर्ने र परिमार्जनसहित संसदमा पेश गर्नुपर्ने संगठनको धारणा सार्वजनिक गरेको छ ।

संगठनका पदाधिकारीहरूले हालै केही व्यक्तिहरूले समाजवादी प्रेस संगठनलाई जबरजस्ती विलय गराउने प्रयास गरेको भन्दै त्यसप्रति आपत्ति जनाउँदै संगठन एकताबद्ध रहेको स्पष्ट गर्दै पत्रकारहरूलाई भ्रामक गतिविधिमा नफस्न अपिल समेत गरेको छ ।

यसैगरी समाजवादी प्रेस संगठनले सञ्चार गृहहरूमा काम गर्ने श्रमजीवी पत्रकारहरूले लामो समयसम्म पनि उचित पारिश्रमिक नपाउने, नियुक्ति पत्र नपाउने र श्रम शोषणमा पर्ने घटनाप्रति गम्भीर ध्यानाकर्षण गरेको छ । साथै, बिना कुनै कारण पत्रकारहरूलाई निष्काशन गर्ने वा वेतलवी विदामा राख्ने गतिविधि अन्त्य गर्नुपर्ने माग गरेको छ ।

भेलाले नयाँ सञ्चार माध्यम न्यू मिडियाका नाममा सञ्चालित सामाजिक सञ्जालका सामग्रीहरूको सत्यता र विश्वसनीयताबारे सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ । यस्तै, मूलधारका सञ्चारमाध्यमहरूले सुशासन, विकास र समृद्धिका पक्षमा निर्भीकताका साथ भूमिका निर्वाह गर्नुपर्ने धारणा पनि घोषणापत्रमा उल्लेख गरेको छ ।

 

संगठनले सञ्चारमाध्यमलाई लैंगिकमैत्री बनाउनुपर्ने र महिला पत्रकारहरूमाथि हुने हिंसाजन्य क्रियाकलाप रोक्न राज्यले ठोस नीति ल्याउनुपर्ने बताएको छ । साथै, प्रेस काउन्सिल, पत्रकार महासंघलगायतका निकायमार्फत प्रदान गरिने पुरस्कार, छात्रवृत्ति, तालिम तथा अन्य अवसरहरू निष्पक्ष र समावेशी ढंगले वितरण गर्नुपर्ने माग पनि गरेको छ ।

 

त्यस्तै कोभिड -१९, आर्थिक मन्दी जस्ता कारणले साना तथा स्वरोजगारमुखी मिडियाहरू बन्द हुने अवस्थामा पुगेको भन्दै राज्यलाई उचित नीति ल्याउन आग्रह गरेको छ ।

 

राष्ट्रिय भेलामा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषाल, उपाध्यक्ष तथा पार्टी प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, बरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे, सम्मानित नेता झलनाथ खनाल र प्रमुख अतिथि तथा पार्टी अध्यक्ष माधव कुमार नेपालले मन्तव्य राखेका थिए ।

 

सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी
लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि
कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी
सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य
विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश
एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

लोकप्रिय

  • १.
    एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • २.
    परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

  • ३.
    कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • ४.
    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ५.
    एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

  • ६.
    विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

भर्खरै

  • १.
    कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • २.
    लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

  • ३.
    कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

  • ४.
    सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

  • ५.
    विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

  • ६.
    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ७.
    एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • ८.
    एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2025 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.