• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. कविता – ‘उदेक लाग्छ’

  • ४. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

म पनि कामी बुढा हुँ जस्तो लाग्छ : प्रचण्ड


रुकुम पश्चिम -१९, वैशाख ।

Advertisement

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कामी बुढाको योगदानलाई सम्झँदै आफू पनि कामी बुढा जस्तै भएको बताएका छन् । शनिबार मुसिकोट -१०, चुन स्थित कामी बुढाको जन्म स्थानमा पुगेका प्रचण्डले बुढाले बनाएको पहिलो जनसरकारको ऐतिहासिक कामलाई सम्झँदै आफू अहिले कामी बुढा जस्तै भएको बताएका हुन् ।

 

रुकुममा जन्मिएका बुढाले तत्कालीन समयमा नेपालमा जनसरकार, सेना, जनसत्ता गठन र जनतालाई अधिकार दिने क्रान्ति सुरु गरेको इतिहासलाई प्रचण्डले सम्झिए । तर, बुढाले थालनी गरेको नेपालको पहिलो क्रान्ति अझै पूरा नभएकोले क्रान्तिको सपना आज पनि अधुरै रहेको उनले बताए ।

 

जुन तरिकाले क्रान्तिको सपना देखिएको थियो त्यो अझै बाँकी रहेकाले अब समाजवादको यात्रामा लागि परेको प्रचण्डको भनाइ छ । यो यात्रालाई पूरा गर्न अहिले धेरै कम्युनिष्ट समूहहरू एकताबद्ध भएर समाजवादको एउटा नयाँ यात्रा सुरु गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको उनले बताए ।

 

प्रचण्डले यतिले मात्र समाजवादको यात्रा पूरा नहुने बताउँदै बाँकी रहेका सबै कम्युनिष्टलाई एकताबद्ध गर्ने अभियानमा लागि परेको ठोकुवा गरे ।

 

त्यसैगरी शान्ति सम्झौता र संविधान सभा भनेर आफूहरूले गणतन्त्र, समानुपातिक र समावेशितामा सबैको प्रतिनिधित्व सुनिश्चित गर्न सफल भएपनि अझ यसलाई विकसित गर्ने प्रक्रियामा रहेको संयोजक प्रचण्डले बताए । यसका लागि शान्ति सम्झौता र संविधानको पक्षधर सबै राजनीतिक शक्तिलाई मिलाएर अगाडि बढ्न बल गरिरहेको उनको भनाइ छ ।

 

प्रचण्डले मुसिकोटदेखि कामी बुढाको जन्मस्थल चुन पुग्ने बाटो अहिले पनि निकै अप्ठ्यारो भएकोले यहाँको विकास र जनताको सेवाका लागि आफ्नो तर्फबाट हुने पहलमा कमी नहुने विश्वास दिलाए ।

 

नेकपा संयोजक प्रचण्ड रुकुम पश्चिम र आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्वको जिल्ला स्तरीय बैठकलाई प्रशिक्षण दिन वैशाख १६ गते रुकुम पुगेका थिए ।

 

तर, बिहिबार रुकुमकोटबाट रोल्पाको जलजला जाँदै गरेको जिप दुर्घटना हुँदा पूर्व निर्धारित कार्यक्रम स्थगित गरेर शोकमा रहेका परिवारलाई भेटघाट गरी प्रचण्ड आज मात्रै रुकुम पश्चिम फर्किएका थिए । प्रचण्डको आइतबार बिहान रुकुमबाट काठमाडौँ जाने कार्यतालिका रहेको नेकपा रुकुम पश्चिमले जानकारी दिएको छ ।

शनिबार, बैशाख १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    कविता – ‘उदेक लाग्छ’

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • २.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ३.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ६.
    कविता – ‘उदेक लाग्छ’

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.