• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. कविता – ‘उदेक लाग्छ’

  • ४. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

घोरखानीमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु


रुकुम पश्चिम -२८, चैत ।

Advertisement

नयाँ वर्षको अवसरमा मुसिकोट नगरपालिका -८, घोरखानीमा आजदेखि विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । श्री तीन बहिनी युवा क्लबको आयोजनामा प्रतियोगिताका रूपमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको हो ।

 

क्लबका उपाध्यक्ष जय बहादुर ओलीका अनुसार क्लबको तेस्रो वार्षिकोत्सव तथा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा खेलकुद सहित सांस्कृतिक कार्यक्रम आज उद्घाटन भएको छ । कार्यक्रमको उद्घाटन मुसिकोट नगर प्रमुख महेन्द्र केसीले गरेका हुन् ।

 

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका केसीले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले सबै विद्यालय र वडापालिकामा सकेजतिको लगानी गर्दै आइरहेको बताए । उनले बजेट अनुसार पालिकाको केही स्थानमा ठूला खेलकुद प्रतियोगिता सञ्चालन गर्ने गरी रङ्गशाला निर्माणका काम पनि अगाडि बढेको जानकारी दिए ।

 

यहाँको तीन बहिनी युवा क्लबले यसपटक प्रतियोगिताको रूपमा वडा स्तरीय पुरुष भलिबल, खुल्ला रस्साक्सी (पुरुष/महिला), एकल नृत्य र घैँटो फोर प्रतियोगिता राखेको छ ।

 

यसपटक भलिबलतर्फ २८ टिमले प्रतियोगितामा टिम दर्ता गराएका छन् ।

भलिबलतर्फ प्रथम पुरस्कार ५१ हजार सहित कप, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार २८ हजार सहित कप, मेडल र प्रमाणपत्र तथा सान्त्वना पुरस्कार दुई टिमलाई १५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।

 

त्यस्तै एकल नृत्यतर्फ प्रमाणपत्र सहित प्रथम पुरस्कार २ हजार, द्वितीय पुरस्कार १५ सय र तृतीय पुरस्कार एक हजार तोकिएको छ ।

 

खुल्ला रस्साकसीका लागि प्रमाणपत्र सहित प्रथम पुरस्कार २ हजार, द्वितीय पुरस्कार १ हजार पाँचसय र तृतीय पुरस्कार १ हजार प्रदान गरिने आयोजकले बताएको छ ।

 

कार्यक्रममा घैँटोफोर प्रतियोगितातर्फ विजेता पुरस्कार १ हजार र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

आयोजक तीन बहिनी युवा क्लबले विविध खेलकुद तथा सांस्कृतिक प्रतियोगितामा प्रदान गरिने पुरस्कार राशिबाट २५ प्रतिशत कर कट्टी गरिने बताएको छ ।

८ नम्बर वडा कार्यालय संरक्षक रहेको खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममा आमा समूह, टोल समूह युवा क्लब तथा विशेष झाँकीलाई उचित पुरस्कारले सम्मान गरिने भएको छ ।

 

आजदेखि सुरु भएको खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम वैशाख १ गते विशेष मेलाको आयोजना गरेर समापन गरिने आयोजकले जनाएको छ ।

शनिबार, चैत २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    कविता – ‘उदेक लाग्छ’

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • २.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ३.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ६.
    कविता – ‘उदेक लाग्छ’

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.