रुकुम पश्चिम -९, चैत ।
Advertisement
नेपाली काँग्रेसले मङ्गलबार अर्को केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा दिउँसो १ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको हो ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं सभापतिलाई उपस्थितिको लागि अनुरोध गरेका छन् ।
बैठकमा आगामी महाधिवेशनको बारेमा छलफल हुने छ । बैठकमा पार्टी सभापति गगनकुमार थापा सहभागी हुने काँग्रेसले बताएको छ ।
यसअघि गत शुक्रबार र आइतबार बसेको बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो ।
