रुकुम पश्चिम -१, मङ्सिर ।
आजदेखि टियु क्रिकेट मैदानमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदैछ । दोस्रो संस्करणको एनपीएलको उद्घाटन खेल दिउँसो ४ बजेदेखि सुरु हुँदै छ ।
Advertisement
उद्घाटनको पहिलो खेल साविक विजेता जनकपुर बोल्ट्स र घरेलु टोली काठमाडौं गोर्खाज भिड्दैछन् । एनपीएलमा कुल ८ ओटा टिमको सहभागिता रहेको छ ।
यसपटक टियु क्रिकेट मैदानमा फ्लड र कुर्सी राखेपछि रात्रिकालीन समयमा पनि एनपीएलका खेलहरू सञ्चालन हुनेछन् । एनपीएलमा एसोसिएट र टेष्ट राष्ट्रका खेलाडीहरूको समेत सहभागिता रहेको छ ।
एनपीएलको फाइनल खेल मङ्सिर २७ गते हुनेछ ।