• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, मङि्सर २८, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

लोकप्रिय समाचार

  • १. प्रगतिशील लोकतान्त्रिक पार्टीको कार्यालय उद्घाटन

  • २. परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

  • ३. एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • ४. प्रगतिशील लोकतान्त्रिक पार्टीले युवा भेला गर्दै

  • ५. कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • ६. एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ७. एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

  • ८. विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

  • ९. कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

  • १०. सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

पत्रकारका लागि आधारभूत आँखा स्वास्थ्य शिक्षा तालिम सम्पन्न


रुकुम पश्चिम -२०, कार्तिक

Advertisement

नेपाल नेत्रज्योति संघ अन्तर्गत राप्ती आँखा अस्पताल, तुल्सीपुर–४, रक्ष्याचौर दाङद्वारा सञ्चालित आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत ‘पत्रकारका लागि आधारभूत आँखा स्वास्थ्य शिक्षा तालिम सम्पन्न भएको छ ।

राप्ती आँखा अस्पतालको प्राविधिक सहयोग तथा नर्वे सरकार, एटलस एलायन्स र द नर्वेजियन एसोसिएसन अफ द ब्लाइन्ड एन्ड पार्टियली साइटेडको आर्थिक सहयोगमा बिहेबार तालिम सम्पन्न भएको हो ।

तालिममा प्रशिक्षक तथा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत शालिकराम गौतमले सञ्चार जनचेतनाको प्रभावकारी माध्यम भएकाले पत्रकारहरूलाई आँखा स्वास्थ्यसम्बन्धी आधारभूत ज्ञान प्रदान गरिएको बताउनुभयो ।

उहाँका अनुसार विश्वमा अहिले हरेक ५ सेकेन्डमा एकजना दृष्टिविहीन हुने गरेको छ भने नेपालमा प्रत्येक दिन करिब १५५ जना व्यक्ति दृष्टिविहीन हुने गरेको तथ्यांक रहेको छ । यो समस्या समाधानका लागि समय समयमा सबैले आँखा जाँच गराउनुपर्ने र सरकारले आँखा उपचार र रोकथाममा अझ गम्भीर ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

तालिममा आँखा रोगका लक्षण, कारण र रोकथामका उपायहरू विस्तृत रूपमा प्रस्तुत गरिएको थियो । सहभागी पत्रकारहरूले आफ्ना समाचार, रिपोर्ट र कार्यक्रममार्फत स्थानीय तहमा आँखा स्वास्थ्यबारे जनस्तरमा सचेतना फैलाउने अपेक्षा आयोजकले छ ।

रुकुम पश्चिमको होटल एसियनमा सम्पन्न तालीममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष लक्ष्मण केसी, रुकुम पश्चिम शाखाका अध्यक्ष गोपाल प्रसाद रेग्मी, विभिन्न सञ्चार माध्यममा क्रियाशील पत्रकारहरू, सर्जिकल आँखा उपचार केन्द्र रुकुम पश्चिमका प्रमुख धनबहादुर केसी लगायतका स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ जिल्ला शाखा रुकुम पश्चिमका सभापति शिवराम केसीको अध्यक्षता रहेको थियो भने कार्यक्रम सञ्चालन आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका सूचना अधिकारी बालाराम खड्काले गर्नुभएको थियो ।

बिहिबार, कार्तिक २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी
लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि
कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी
सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य
विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश
एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

लोकप्रिय

  • १.
    प्रगतिशील लोकतान्त्रिक पार्टीको कार्यालय उद्घाटन

  • २.
    परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

  • ३.
    एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • ४.
    प्रगतिशील लोकतान्त्रिक पार्टीले युवा भेला गर्दै

  • ५.
    कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • ६.
    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

भर्खरै

  • १.
    कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • २.
    लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

  • ३.
    कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

  • ४.
    सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

  • ५.
    विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

  • ६.
    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ७.
    एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • ८.
    एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2025 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.