रुकुम पश्चिम -१९, कात्तिक ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -५, थर्पूमा अवस्थित डिग्रेशाईकुमारी मेला आज सकिएको छ । हरिबोधिनी एकादशी देखि पूर्णिमाको दिनसम्म लाग्ने मेला विधिवत रुपमा सकिएको हो ।
Advertisement
मूल पर्वको रूपमा एकादशीदेखि सुरु भएको डिग्रेशाईकुमारी मेलामा सखालले लाठी नाच प्रदर्शन गरे सङ्गै डिग्रे मेला सकिएको छ । कर्णाली प्रदेशकै प्रसिद्ध धार्मिक स्थल डिग्रेशाईकुमारीमा यसपटक नेपालका विभिन्न जिल्ला सहित छिमेकी देश समेत भक्तजन तथा दर्शनार्थीले पुजापाठ गरेको मन्दिर व्यवस्थापन समितिले बताएको छ ।
डिग्रे शाईकुमारी मन्दिरमा पूजापाठ गर्दा मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहेको छ । डिग्रे मन्दिरमा बाह्रैमास पूजापाठ हुँदै आएपनि मूल पर्वको रुपमा (पाँच दिन) अर्थात् एकादशी देखि पूर्णिमाको दिन सम्म भव्य रुपमा पूजापाठ सहित मेला लाग्ने गर्दछ ।