• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, मङि्सर २८, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

लोकप्रिय समाचार

  • १. परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

  • २. एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • ३. प्रगतिशील लोकतान्त्रिक पार्टीले युवा भेला गर्दै

  • ४. कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • ५. एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ६. एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

  • ७. विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

  • ८. सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

  • ९. कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

  • १०. लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

आठवटा गाडी फेर्दै रुकुम सम्मको सनसनीपूर्ण दुईदिने यात्रा (पहिलो भाग)


पूर्ण ओली

Advertisement

रुकुम पश्चिम -२३, साउन ।

गाडी नम्बर एक : दाङमा खुट्टा टेक्

देवकुमारीलाई काठमाडौ पठाउनको लागि प्लेनको टिकट काटेर पर्खिएको पनि एक हप्ता बितिसकेको थियो । रुकुममा प्लेनले एक हप्ता अघिदेखि दर्शन दिएको थिएन । काठमाडौँमा अस्मिता छोरी र नातिले देवकुमारीलाई व्यग्रतापूर्वक कुरिरहेका थिए । नातिले त फोन वा भिडियोकल गर्दा पनि ‘अब तपाईँ आउनुहुन्न । भैगो, नआए पनि हुन्छ !” भनेर हजुरआमालाई घुर्की लाउँदै फोन काट्न थालिसकेका थिए ।

रुकुम पूर्वका शिक्षा समन्वय प्रमुख तिलक गौतम सर र रुकुम पश्चिमका शिक्षा समन्वय प्रमुख ताराप्रकाश पुन सर गाडी लिएर नेपालगन्जसम्म जान थालेको खबर पाएँ । हत्तपत्त तारा पुन सरलाई फोन गरेर म्याडमलाई पनि गाडीमा पठाउनुपर्ने कुरा अवगत गराएँ । उहाँले सहर्ष स्वीकार गर्नुभयो । देवकुमारीलाई गाडीमा बान्ता भइरहने समस्याको साथै अन्य स्वास्थ्य समस्याहरू पनि भएकोले म पनि साथमै जानुपर्ने भयो । तारा सर तिलक सर र हामी दम्पत्ति सहित ४ जनाको यात्रा साउन १९ गते दिउँसो १२ बजेपछि खलङ्गाबाट सुरु भयो । चालक थिए अमित चौधरी ।

 

गाडीको बेग अलि बढी नै थियो । गाडीको स्टेरिङ अमितको हातमा भए पनि ब्रेक र एक्सेलेटर तारा सरकै नियन्त्रणमा रहेकोले यात्रा सुरक्षित रूपमा अगाडि बढिरहेको थियो । नेपालगन्जबाट अन्तिम प्लेन ६ बजे उड्ने खबर प्राप्त भएकोले सकभर अन्तिम प्लेन भए पनि भेट्टाउने गरी हामी हुइँकिरहेका थियौँ । तसर्थ पनि गाडीको बेगप्रति तारा सरले बेलाबखत आँखा चिम्लिनुपर्ने बाध्यता थियो । प्लेन नभेटिए नेपालगन्जका होटेलमा बास बस्नुपर्ने हुन्थ्यो र लामखुट्टेको विशाल फौज तथा उग्र गर्मीसँग पौँठेजोरी खेल्नुपर्ने बाध्यता हुन्थ्यो । हामी सिम्लीबाट चौरजहारीतिर लाग्यौँ । जाजरकोट हुँदै जानुपर्ने भनेर मैले गुनासो गर्दा तारा सरले चौरजहारीकै बाटो छिटो हुने बताउनुभयो ।

 

म २ वर्षअघि सुर्खेत हुँदै रुकुम आउँदा सल्लीबजारबाट चौरजहारीतिर लागेको थिएँ । त्यस बेला चालक थिए रुकुम र सल्यान देख्दै नदेखेका काठमाडौँ निवासी सुमन । सल्लीबजारबाट २ घण्टाभित्रै चौरजहारी पुगिन्छ भन्दै चालकलाई फकाउँदै लग्दा शङ्खपिपलभन्दा मास्तिरको बाटोको अवस्थाले सुमन आजित भइसकेका थिए ।
बाटो खन्दै र बन्दै गरेकोले अत्यन्तै उबडखाबड थियो । सुइँकोटतिरको बाटो त अझ धुलाम्मे थियो । गाडीको पूरै भाग धूलोको रासमा पुरिन्थ्यो । गाडी घरीघरी चिप्लिरहेको थियो । सुमनले गाडी बिग्रिएमा क्षतिपूर्ति दिनुपर्ने भन्दै गुनासो गरिरहेका थिए । परिक्षित, देवकुमारी र म हायलकायल थियौँ । हाम्रा स्वरहरू दबेका थिए । त्यति बेला हामीलाई ४० किलोमिटरको यही बाटोको दूरी पार गर्न ५ घण्टाभन्दा बढी लागेको थियो । अब पूरै पिच भएको खबर नपाई यो बाटो कहिल्यै हिड्नेछैन भन्दै कसम खाँदै कान समातेको थिएँ ।

कसम विपरीत गत पुस मसान्तमा पनि यही बाटो आउनुपरेको थियो । त्यस बेला यही बाटो छोटो हुन्छ भन्दै यो बाटो ल्याउने पूर्व मन्त्री गोपाल शर्मा र भतिज प्रदीप ओली थिए । नेपालगन्जबाट रोचक तथा घोचक राजनीतिक तथा सामाजिक गफहरूमा भुल्दै सुरु भएको हाम्रो यात्रा यो बाटोमा छिरेपछि एकाएक मत्थर भएको थियो । गोपाल र प्रदीपको गफगाफ त कम्ता नहुँदो हो तर मैले २ वर्ष अगाडिको यात्रा सम्झँदै जिउमा काँडा उम्रिएकोले मेरा कान बन्द भइसकेका थिए र कहाँनेर फसिने हो भन्ने आशङ्काले आँखा अगाडितिर मात्र एकोहोरिएका थिए । बाटोमा केही सुधार भएको थियो र धूलो पनि अलि कम भएको थियो । सुइँकोट उक्लन धेरै सास्ती बेहोर्नुपरेन । तर सुइँकोटको साँघुरो बाटोमा पानी ट्याङ्करले हाम्रो बाटो आधा घण्टासम्म छेक्यो । त्योभन्दा तल पनि बाटो बन्दै गरेकोले डोजर र ट्रिपरहरूले धेरै बेरसम्म हामीलाई बाटो छोडिदिएका थिएनन् । मर्मज्युलापट्टिको बाटो आधा पिच भइसकेको र आधामा ग्राभेल गरिएकोले यात्रा सुविस्तापूर्ण नै भए पनि चौरजहारी पुग्न ३ घण्टाभन्दा बढी नै लाग्यो । त्यति समयभन्दा छिटो जाजरकोट हुँदै पनि रुकुम जान सकिन्थ्यो ।

 

यसपालि हामी मध्य वर्षाद्को समयमा यो बाटो आउँदै थियौँ । बाटो राम्रै बनेको भए पनि बर्खाले बाटो बिगारिसकेको होला भन्ने डर मनमा गढेको थियो ।
देवकुमारीले गाडी चढ्दादेखि नै गाह्रो बनायो भनेर कष्टपूर्ण यात्राको छनक दिइसकेकी थिइन् । उनी आँखा चिम्लेर उलुकउलुक गर्दै मेरो जिउमा ढल्किएकी थिइन् । चौरजहारी पुगेपछि त उनलाई ह्वारह्वार्ती बान्ता हुन थालिसक्यो । मोडहरूमा गाडी जोल्टिएर घुम्दा झनै बान्ता आउँथ्यो । कतै कतै गाडी रोक पनि भन्दै चिच्याउँथिन् र गाडी रोक्न पनि बाधा थिएन । तर ढिला गर्दा नेपालगन्जको प्लेन छुटेर अर्को आपत थपिएला भन्ने डरले उनले आफ्नो समस्यालाई भरसक दबाइरहेकी थिइन् । मलाई भने जाजरकोटबाट गएको भए अलि मोड कम पर्ने भएकोले कम बान्ता हुन्थ्यो कि भनी पछुतो लागिरहेको थियो । यो बाटो हिँडेपछि कुनै हालतमा प्लेन भेटिनेछैन भन्ने डर पनि उत्तिकै थियो ।

कुन बेला अब उबडखाबड बाटो सुरु हुन्छ भन्ने शङ्काले काम्दा काम्दै चौरजहारीबाट हिँडेको सवा १ घण्टामै सल्यानको ठुलो बजार सल्लीबजारमा आइपुग्यौँ । मैले सन्तोषको लामो सास फेरेँ । जाजरकोट घुमेको भए हामीलाई सल्लीबजार पुग्न अढाइ घण्टाभन्दा बेसी नै लाग्थ्यो ।

चौरजहारीदेखि स्यानीपिप्लीसम्म बाटो सामान्य खालको थियो । मर्मखोलामा पुल अझै बनेको रहेनछ । पारिपट्टिको हिलाम्मे सडकले सुरुमै सातो लियो । अलिकति उक्लिएपछि भर्खरै पिच गरिएको पक्की बाटो सुरु भइहाल्यो । मलाई भने यो पिच बाटो लम्बिनेमा शङ्का नै थियो । केही पर नपुग्दै फेरि उस्तै उबडखाबड बाटोको यात्रा गर्नुपर्ला भन्ने चिन्ताले हतासिइरहेको थिएँ । तर बाटो भने सुइँकोटसम्मै पिच भइसकेको रहेछ । धेरै घुम्तीहरू पनि थिएनन् । देवकुमारीलाई बान्ता आउन अलि कम भयो । चौरजहारीबाट आधा घण्टामै सुइँकोट पुग्न पाएको खुसीमा मैले यहीँका बासिन्दा मनोहर लामिछाने सरलाई फोन लगाएर गीत सुनाएँ:

“डाँडै फुर्के सल्लो,
मायाको गाउँ त चिनेँ घर चिन्नै सकिनँ वल्लो हो कि पल्लो !”

लोकगीत र संस्कृतिका कर्णालीकै मूर्धन्य जानकार व्यक्तित्व मनोहर पनि गीत फर्काउन के कम ? मुखमुखै जवाफ दिइहाल्नुभयोः

“मायाले सम्झीराख, नभुल घर मेरो, वल्लो होइन पल्लो !”

४५ सालतिर यही बाटो पैदल भएर हिँड्दा सुइँकोटमा एकतले जिर्ण घरहरू मात्र थिए । तर अहिले थुप्रै चारपाँच तले पक्की भवनहरू बनेर ठुलै बजार बसिसकेको रहेछ । उहाँले गीतबाट आफ्नो घर पल्लो हो भनी जिस्क्याएको भरमा उहाँको घर के गरी चिन्नू ? मन त थियो जसरी पनि उहाँको घर पत्ता लगाई छोड्ने, तर नेपालगन्जबाट आजै देवकुमारीलाई काठमाडौँ उडाउनुपर्ने बाध्यता भएकोले त्यति दोहोरी गीतमा मात्र चित्त बुझाई हामी ओरालोतिर झर्‍यौँ । बाटो निकै तलसम्म पिच भइसकेछ । २ वर्षअघि सास्ती दिने धूलोको कतै नामोनिशान बाँकी थिएन । तारा सरका आँखाहरू वारिपारि डाँडापाखाहरूतिर अलमलिएको मौका पाएर अमितले गाडीको एक्सेलेटर बटार्ने मौका पाए ।

 

ओरालोको आधातिर पुगेपछि पिच बाटो सकियो । गाडीको गति केही मत्थर भयो । तलतिरको बाटो पनि पहिलेको जस्तो नभई ग्राभेल भइसकेकोले पहिलेजस्तो कठिन थिएन । कुन बेला अब उबडखाबड बाटो सुरु हुन्छ भन्ने शङ्काले काम्दा काम्दै चौरजहारीबाट हिँडेको सवा १ घण्टामै सल्यानको ठुलो बजार सल्लीबजारमा आइपुग्यौँ । मैले सन्तोषको लामो सास फेरेँ । जाजरकोट घुमेको भए हामीलाई सल्लीबजार पुग्न अढाइ घण्टाभन्दा बेसी नै लाग्थ्यो । मैले मनमनै तारा सरलाई मात्र होइन बाटो बनाउनेलाई पनि धन्यवाद दिएँ । मनमनै गीत पनि गाएँ:

“आफ्नो बाटो आफ्नै हुन्छ, आफ्नो माटो आफ्नै हुन्छ । पहिले जति धरधरी रुवाए पनि अहिले खितखित हसायौ ।”

अमितले सल्लीबजार देखिको फराकिलो पक्की बाटो भेट्टाएपछि गाडीको गति झन् बढाइदिए । अहिलेसम्म केही कम भएको देवकुमारीको बान्ता फेरि बढ्न थाल्यो । छाती दुख्यो भनेर आलसतालस गर्न थालिन् । गाडी रोक भन्दै देवकुमारीले गरेको बिन्ती कतै सुन्दै त कतै नसुनेजस्तो गर्दै हामी ४ बजे मेहेलकुना पुग्यौँ ।
मेहेलकुनाबाट अलिअलि पर्न थालेको पानी छिन्चु नपुग्दै बेसरी दर्कन थाल्यो । उकालोमा आकाशबाट बर्सिएको पानीले बाटो र मोडहरू नै देखिन छोड्यो । पखेराभरि खहरे उर्लन थाले । बाटोका मोडहरू झनै थपिन थाले । भन्ज्याङमा पुगेपछि बाक्लो कुहिरोले ढपक्कै ढाक्यो तर पनि अमितले परवाह गरेनन् । उनले पूर्वानुमानले नै गाडीलाई घचेटिरहे । गाडीका चक्काहरू चिप्लोबाटमा घस्रिएर चुइँए चुइँए आवाज निकालिरहन्थे । अगाडिबाट आएका गाडीहरू झन्डै ठोक्किन थाल्थे ।

 

त्यसबेला अमितले लगाएको ब्रेकले सातो जान्थ्यो । बबई पुग्दा सवा पाँच बजिसकेको थियो । तारा सरले ट्राभेल एजेन्टलाई फोन सम्पर्क गरिरहनुभएको थियो । उताबाट पनि छिटो आउनुस् १० मिनेटभन्दा बढी प्लेनले पर्खँदैन भनेर अत्याउँदै थिए । यता हामीहरूले घनघोर वर्षाद् र बाक्लो कुहिरोको कारणले प्लेन अवतरण वा उडान गर्न नसकी डिले हुनसक्ने आशा गरिरहेका थियौँ । तर चिसापानी पुगेपछि कुहिरो सबै हट्यो । पानी पर्न रोकियो र आकाश छर्लङ्गै खुल्यो । कोहलपुर नपुग्दै अन्तिम उडानमा रहेको श्री एरलाइन्सको प्लेनले अवतरण गरेर यात्रुहरूलाई बोर्डिङ गराइसकेको खबर आयो । कोहलपुर पुग्दा ६ बज्नलाई २ मिनेट बाँकी थियो ।

 

अमितले खुल्ला सडकमा दायाँबायाँका गाडीहरूलाई झुक्याउँदै ६ बजेर १० मिनेट जाँदा एरपोर्टको गेटभित्र गाडी छिराइदिए । हतारहतार सामानहरूको चेकजाँच गराएर तिलक सर, तारा सर र देवकुमारीलाई बोर्डिङ पास गराई अमित र म बाहिर निस्कियौँ । अमितलाई धन्यवाद् दिऊँ कि नदिऊँ यही दोधारमा थिएँ म ।

 

अमितले पहिल्यै जानकारी गराइसकेका थिए कि उनको घर दाङको घोराही नजिकै छ । त्यहाँ उनका आमाबा मात्र बस्दछन् । आमाबा र छरछिमेकलाई भेट्न पाउने इरादाले होला उनी नयाँ लुगामा ठाँटिएर आएका थिए । एरपोर्टबाट बाहिर आउनेबित्तिकै उनले सोधिहालेः “सर, नेपालगन्जमै बस्ने हो कि फर्कने हो ?”

“नेपालगन्जमै त नबसम् भो । फर्कनै पर्ला !”
“फर्कने त फर्कने । दाङ हुँदै कि सुर्खेत हुँदै ?”
सुर्खेतको बाटो धेरैचोटि ओहोरदोहोर गरेको भए पनि सडक यातायात खुलेपछि बिचमा बास कहिल्यै परेको थिएन । कता बस्ने भन्ने पनि केही जानकारी थिएन । अतः अमितलाई पनि सजिलो होस् भनी मैले उनको मनसाय बुझी उनैलाई सोधेँ, “दाङ हुँदै जाने त ?”
भर्खरै आएको प्लेनबाट झरेका यात्रीहरूले सुनेछन्, “सरहरू, दाङ जाने भए हामीलाई पनि लगिदिनोस् ।” हामीले ‘हुन्छ’, ‘हुन्न’ केही भन्न नपाउँदै उनीहरू गाडीको ढोका खोलेर खुरुखुरु भित्र पसिहाले ।

अमितले हाँस्दै भने, “जाम् त सर अब ?”
“अब यहाँ बसेर के गर्नू त ? प्लेन उड्न थालिसक्यो । हाम्रो यात्रा सफल भइहाल्यो । अब गइहालम् ।”
अमितले गाडी हुँइक्याइ । पहिलेकै समयमा कोहलपुर पुग्यौँ । कोहलपुर पुगेर खाजा खाई निस्कँदा साढे ७ बजिसकेको थियो । आकाशबाट पानी फेरि ह्वार्ह्वार्ती खनिन थाल्यो । पानीको धाराले बाटो नै नदेखिए पनि सिधा बाटोमा गाडी बत्ताउन अमितलाई कुनै गाह्रो भएन ।

 

पछिल्लो सिटमा बसेका यात्रीहरूले भन्दै थिएः “हामी गाडीमा बसेका छौँ कि हेलिकोप्टरमा ? गाडीको यस्तो गति त आजतक चाल पाएनौँ ।”
म केही बोलिनँ । अमितले यात्रीहरूलाई हाँसेर टारिदियो । पूर्वपश्चिम हाइवेमा गाडीहरू निकै पातला थिए । मुसलधारे वर्षाको कारणले बाटोमा मान्छे वा जीवजन्तु निस्कन सक्ने सम्भावना नै थिएन । यसले हामी अर्को गाडीसँग ठोक्किनबाट जोगिइरहेका थियौँ । मलाई लागेको थियो कि आज यतै मर्नै लेखिएको रहेछ । तैपनि म केही नभएझैँ चुपचाप थिएँ । बोले पनि अमित हाँसोमा उडाइदिन्थे ।

हाम्रो गाडी त दुर्घटना पर्‍यो रे । तपाईँले केही चाल पाउनुभएन ? उसलाई नछोड्नुपर्ने !”दुर्घटना ? !!” म आत्तिएँ । गाडीसितै अमित पनि ध्वस्तै भयो कि ? म डरले लगलगी काम्न थालेँ र हत्तपत्त अमितलाई फोन लगाएँ । फोन रिसिभ भयो र अमितले नै फोन उठाए ।

अमिलियाबाट उकालोतिर लागेपछि पानीसँगै कुहिरो पनि अझै बाक्लियो । बाटोभरि भेल पसेर गाडीको गतिलाई रोक्न दुस्प्रयास गरिरहेझैँ लाग्थ्यो । दाङका यात्रीहरूले यो बाटोमा कहिले पनि यति ठुलो भेल आएको चाल नपाएको भन्दै जिब्रो टोकिरहेका थिए ।
अस्मिता र प्रवीर आमालाई लिन काठमाडौँ एयरपोर्ट आएका थिए । उनीहरूले प्लेन अझै नओर्लिएको जानकारी दिइरहेका थिए । अच्चम्म त यो भयो कि देवकुमारी प्लेनबाट काठमाडौँ नपुग्दै हामीहरू नेपालगन्जबाट तुलसीपुर पुगिसकेका थियौँ ।
मैले अमितलाई दाङस्थित दिदीको घरमा पुर्‍याउन लगाएँ र उसलाई पनि यतै बसेर बिहान मात्र आमाबा भेट्न जान कर गरेँ । तर उनले मानेनन् ।

 

बेलुका भिनाजु सुतिसकेकोले बिहान सन्चोबिसन्चो र दुखसुखका कुरा गर्न मोबाइल चार्जमै छोडी तल्लो तला ओर्लिएँ । बिहान पनि पानी उस्तै दर्किरहेको थियो । अमितले गाडी नल्याई बाहिर निस्कन सक्ने अवस्था थिएन । यसबिचमा तारा सरको फोन निकैचोटि आइसकेको रहेछ । मैले कलब्याक गर्दा उहाँले सोध्नुभयोः “अमित कता छ ?”
मैले भएकै कुरा बताएँ, “ऊ त हिजो बेलुका नै घरमा जान्छु भनेर गइसकेको हो । अहिले बिहानै लिन आउँछु भनेकोले उसैलाई पर्खेर बसेको छु ।”

शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी
लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि
कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी
सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य
विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश
एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

लोकप्रिय

  • १.
    परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

  • २.
    एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • ३.
    प्रगतिशील लोकतान्त्रिक पार्टीले युवा भेला गर्दै

  • ४.
    कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • ५.
    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ६.
    एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

भर्खरै

  • १.
    कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • २.
    लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

  • ३.
    कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

  • ४.
    सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

  • ५.
    विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

  • ६.
    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ७.
    एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • ८.
    एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2025 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.