• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. एनभिएलमा आज दुई खेल हुँदै

  • ४. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ५. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ६. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

आठवटा गाडी फेर्दै रुकुम सम्मको सनसनीपूर्ण दुईदिने यात्रा (पहिलो भाग)


पूर्ण ओली

Advertisement

रुकुम पश्चिम -२३, साउन ।

गाडी नम्बर एक : दाङमा खुट्टा टेक्

देवकुमारीलाई काठमाडौ पठाउनको लागि प्लेनको टिकट काटेर पर्खिएको पनि एक हप्ता बितिसकेको थियो । रुकुममा प्लेनले एक हप्ता अघिदेखि दर्शन दिएको थिएन । काठमाडौँमा अस्मिता छोरी र नातिले देवकुमारीलाई व्यग्रतापूर्वक कुरिरहेका थिए । नातिले त फोन वा भिडियोकल गर्दा पनि ‘अब तपाईँ आउनुहुन्न । भैगो, नआए पनि हुन्छ !” भनेर हजुरआमालाई घुर्की लाउँदै फोन काट्न थालिसकेका थिए ।

रुकुम पूर्वका शिक्षा समन्वय प्रमुख तिलक गौतम सर र रुकुम पश्चिमका शिक्षा समन्वय प्रमुख ताराप्रकाश पुन सर गाडी लिएर नेपालगन्जसम्म जान थालेको खबर पाएँ । हत्तपत्त तारा पुन सरलाई फोन गरेर म्याडमलाई पनि गाडीमा पठाउनुपर्ने कुरा अवगत गराएँ । उहाँले सहर्ष स्वीकार गर्नुभयो । देवकुमारीलाई गाडीमा बान्ता भइरहने समस्याको साथै अन्य स्वास्थ्य समस्याहरू पनि भएकोले म पनि साथमै जानुपर्ने भयो । तारा सर तिलक सर र हामी दम्पत्ति सहित ४ जनाको यात्रा साउन १९ गते दिउँसो १२ बजेपछि खलङ्गाबाट सुरु भयो । चालक थिए अमित चौधरी ।

 

गाडीको बेग अलि बढी नै थियो । गाडीको स्टेरिङ अमितको हातमा भए पनि ब्रेक र एक्सेलेटर तारा सरकै नियन्त्रणमा रहेकोले यात्रा सुरक्षित रूपमा अगाडि बढिरहेको थियो । नेपालगन्जबाट अन्तिम प्लेन ६ बजे उड्ने खबर प्राप्त भएकोले सकभर अन्तिम प्लेन भए पनि भेट्टाउने गरी हामी हुइँकिरहेका थियौँ । तसर्थ पनि गाडीको बेगप्रति तारा सरले बेलाबखत आँखा चिम्लिनुपर्ने बाध्यता थियो । प्लेन नभेटिए नेपालगन्जका होटेलमा बास बस्नुपर्ने हुन्थ्यो र लामखुट्टेको विशाल फौज तथा उग्र गर्मीसँग पौँठेजोरी खेल्नुपर्ने बाध्यता हुन्थ्यो । हामी सिम्लीबाट चौरजहारीतिर लाग्यौँ । जाजरकोट हुँदै जानुपर्ने भनेर मैले गुनासो गर्दा तारा सरले चौरजहारीकै बाटो छिटो हुने बताउनुभयो ।

 

म २ वर्षअघि सुर्खेत हुँदै रुकुम आउँदा सल्लीबजारबाट चौरजहारीतिर लागेको थिएँ । त्यस बेला चालक थिए रुकुम र सल्यान देख्दै नदेखेका काठमाडौँ निवासी सुमन । सल्लीबजारबाट २ घण्टाभित्रै चौरजहारी पुगिन्छ भन्दै चालकलाई फकाउँदै लग्दा शङ्खपिपलभन्दा मास्तिरको बाटोको अवस्थाले सुमन आजित भइसकेका थिए ।
बाटो खन्दै र बन्दै गरेकोले अत्यन्तै उबडखाबड थियो । सुइँकोटतिरको बाटो त अझ धुलाम्मे थियो । गाडीको पूरै भाग धूलोको रासमा पुरिन्थ्यो । गाडी घरीघरी चिप्लिरहेको थियो । सुमनले गाडी बिग्रिएमा क्षतिपूर्ति दिनुपर्ने भन्दै गुनासो गरिरहेका थिए । परिक्षित, देवकुमारी र म हायलकायल थियौँ । हाम्रा स्वरहरू दबेका थिए । त्यति बेला हामीलाई ४० किलोमिटरको यही बाटोको दूरी पार गर्न ५ घण्टाभन्दा बढी लागेको थियो । अब पूरै पिच भएको खबर नपाई यो बाटो कहिल्यै हिड्नेछैन भन्दै कसम खाँदै कान समातेको थिएँ ।

कसम विपरीत गत पुस मसान्तमा पनि यही बाटो आउनुपरेको थियो । त्यस बेला यही बाटो छोटो हुन्छ भन्दै यो बाटो ल्याउने पूर्व मन्त्री गोपाल शर्मा र भतिज प्रदीप ओली थिए । नेपालगन्जबाट रोचक तथा घोचक राजनीतिक तथा सामाजिक गफहरूमा भुल्दै सुरु भएको हाम्रो यात्रा यो बाटोमा छिरेपछि एकाएक मत्थर भएको थियो । गोपाल र प्रदीपको गफगाफ त कम्ता नहुँदो हो तर मैले २ वर्ष अगाडिको यात्रा सम्झँदै जिउमा काँडा उम्रिएकोले मेरा कान बन्द भइसकेका थिए र कहाँनेर फसिने हो भन्ने आशङ्काले आँखा अगाडितिर मात्र एकोहोरिएका थिए । बाटोमा केही सुधार भएको थियो र धूलो पनि अलि कम भएको थियो । सुइँकोट उक्लन धेरै सास्ती बेहोर्नुपरेन । तर सुइँकोटको साँघुरो बाटोमा पानी ट्याङ्करले हाम्रो बाटो आधा घण्टासम्म छेक्यो । त्योभन्दा तल पनि बाटो बन्दै गरेकोले डोजर र ट्रिपरहरूले धेरै बेरसम्म हामीलाई बाटो छोडिदिएका थिएनन् । मर्मज्युलापट्टिको बाटो आधा पिच भइसकेको र आधामा ग्राभेल गरिएकोले यात्रा सुविस्तापूर्ण नै भए पनि चौरजहारी पुग्न ३ घण्टाभन्दा बढी नै लाग्यो । त्यति समयभन्दा छिटो जाजरकोट हुँदै पनि रुकुम जान सकिन्थ्यो ।

 

यसपालि हामी मध्य वर्षाद्को समयमा यो बाटो आउँदै थियौँ । बाटो राम्रै बनेको भए पनि बर्खाले बाटो बिगारिसकेको होला भन्ने डर मनमा गढेको थियो ।
देवकुमारीले गाडी चढ्दादेखि नै गाह्रो बनायो भनेर कष्टपूर्ण यात्राको छनक दिइसकेकी थिइन् । उनी आँखा चिम्लेर उलुकउलुक गर्दै मेरो जिउमा ढल्किएकी थिइन् । चौरजहारी पुगेपछि त उनलाई ह्वारह्वार्ती बान्ता हुन थालिसक्यो । मोडहरूमा गाडी जोल्टिएर घुम्दा झनै बान्ता आउँथ्यो । कतै कतै गाडी रोक पनि भन्दै चिच्याउँथिन् र गाडी रोक्न पनि बाधा थिएन । तर ढिला गर्दा नेपालगन्जको प्लेन छुटेर अर्को आपत थपिएला भन्ने डरले उनले आफ्नो समस्यालाई भरसक दबाइरहेकी थिइन् । मलाई भने जाजरकोटबाट गएको भए अलि मोड कम पर्ने भएकोले कम बान्ता हुन्थ्यो कि भनी पछुतो लागिरहेको थियो । यो बाटो हिँडेपछि कुनै हालतमा प्लेन भेटिनेछैन भन्ने डर पनि उत्तिकै थियो ।

कुन बेला अब उबडखाबड बाटो सुरु हुन्छ भन्ने शङ्काले काम्दा काम्दै चौरजहारीबाट हिँडेको सवा १ घण्टामै सल्यानको ठुलो बजार सल्लीबजारमा आइपुग्यौँ । मैले सन्तोषको लामो सास फेरेँ । जाजरकोट घुमेको भए हामीलाई सल्लीबजार पुग्न अढाइ घण्टाभन्दा बेसी नै लाग्थ्यो ।

चौरजहारीदेखि स्यानीपिप्लीसम्म बाटो सामान्य खालको थियो । मर्मखोलामा पुल अझै बनेको रहेनछ । पारिपट्टिको हिलाम्मे सडकले सुरुमै सातो लियो । अलिकति उक्लिएपछि भर्खरै पिच गरिएको पक्की बाटो सुरु भइहाल्यो । मलाई भने यो पिच बाटो लम्बिनेमा शङ्का नै थियो । केही पर नपुग्दै फेरि उस्तै उबडखाबड बाटोको यात्रा गर्नुपर्ला भन्ने चिन्ताले हतासिइरहेको थिएँ । तर बाटो भने सुइँकोटसम्मै पिच भइसकेको रहेछ । धेरै घुम्तीहरू पनि थिएनन् । देवकुमारीलाई बान्ता आउन अलि कम भयो । चौरजहारीबाट आधा घण्टामै सुइँकोट पुग्न पाएको खुसीमा मैले यहीँका बासिन्दा मनोहर लामिछाने सरलाई फोन लगाएर गीत सुनाएँ:

“डाँडै फुर्के सल्लो,
मायाको गाउँ त चिनेँ घर चिन्नै सकिनँ वल्लो हो कि पल्लो !”

लोकगीत र संस्कृतिका कर्णालीकै मूर्धन्य जानकार व्यक्तित्व मनोहर पनि गीत फर्काउन के कम ? मुखमुखै जवाफ दिइहाल्नुभयोः

“मायाले सम्झीराख, नभुल घर मेरो, वल्लो होइन पल्लो !”

४५ सालतिर यही बाटो पैदल भएर हिँड्दा सुइँकोटमा एकतले जिर्ण घरहरू मात्र थिए । तर अहिले थुप्रै चारपाँच तले पक्की भवनहरू बनेर ठुलै बजार बसिसकेको रहेछ । उहाँले गीतबाट आफ्नो घर पल्लो हो भनी जिस्क्याएको भरमा उहाँको घर के गरी चिन्नू ? मन त थियो जसरी पनि उहाँको घर पत्ता लगाई छोड्ने, तर नेपालगन्जबाट आजै देवकुमारीलाई काठमाडौँ उडाउनुपर्ने बाध्यता भएकोले त्यति दोहोरी गीतमा मात्र चित्त बुझाई हामी ओरालोतिर झर्‍यौँ । बाटो निकै तलसम्म पिच भइसकेछ । २ वर्षअघि सास्ती दिने धूलोको कतै नामोनिशान बाँकी थिएन । तारा सरका आँखाहरू वारिपारि डाँडापाखाहरूतिर अलमलिएको मौका पाएर अमितले गाडीको एक्सेलेटर बटार्ने मौका पाए ।

 

ओरालोको आधातिर पुगेपछि पिच बाटो सकियो । गाडीको गति केही मत्थर भयो । तलतिरको बाटो पनि पहिलेको जस्तो नभई ग्राभेल भइसकेकोले पहिलेजस्तो कठिन थिएन । कुन बेला अब उबडखाबड बाटो सुरु हुन्छ भन्ने शङ्काले काम्दा काम्दै चौरजहारीबाट हिँडेको सवा १ घण्टामै सल्यानको ठुलो बजार सल्लीबजारमा आइपुग्यौँ । मैले सन्तोषको लामो सास फेरेँ । जाजरकोट घुमेको भए हामीलाई सल्लीबजार पुग्न अढाइ घण्टाभन्दा बेसी नै लाग्थ्यो । मैले मनमनै तारा सरलाई मात्र होइन बाटो बनाउनेलाई पनि धन्यवाद दिएँ । मनमनै गीत पनि गाएँ:

“आफ्नो बाटो आफ्नै हुन्छ, आफ्नो माटो आफ्नै हुन्छ । पहिले जति धरधरी रुवाए पनि अहिले खितखित हसायौ ।”

अमितले सल्लीबजार देखिको फराकिलो पक्की बाटो भेट्टाएपछि गाडीको गति झन् बढाइदिए । अहिलेसम्म केही कम भएको देवकुमारीको बान्ता फेरि बढ्न थाल्यो । छाती दुख्यो भनेर आलसतालस गर्न थालिन् । गाडी रोक भन्दै देवकुमारीले गरेको बिन्ती कतै सुन्दै त कतै नसुनेजस्तो गर्दै हामी ४ बजे मेहेलकुना पुग्यौँ ।
मेहेलकुनाबाट अलिअलि पर्न थालेको पानी छिन्चु नपुग्दै बेसरी दर्कन थाल्यो । उकालोमा आकाशबाट बर्सिएको पानीले बाटो र मोडहरू नै देखिन छोड्यो । पखेराभरि खहरे उर्लन थाले । बाटोका मोडहरू झनै थपिन थाले । भन्ज्याङमा पुगेपछि बाक्लो कुहिरोले ढपक्कै ढाक्यो तर पनि अमितले परवाह गरेनन् । उनले पूर्वानुमानले नै गाडीलाई घचेटिरहे । गाडीका चक्काहरू चिप्लोबाटमा घस्रिएर चुइँए चुइँए आवाज निकालिरहन्थे । अगाडिबाट आएका गाडीहरू झन्डै ठोक्किन थाल्थे ।

 

त्यसबेला अमितले लगाएको ब्रेकले सातो जान्थ्यो । बबई पुग्दा सवा पाँच बजिसकेको थियो । तारा सरले ट्राभेल एजेन्टलाई फोन सम्पर्क गरिरहनुभएको थियो । उताबाट पनि छिटो आउनुस् १० मिनेटभन्दा बढी प्लेनले पर्खँदैन भनेर अत्याउँदै थिए । यता हामीहरूले घनघोर वर्षाद् र बाक्लो कुहिरोको कारणले प्लेन अवतरण वा उडान गर्न नसकी डिले हुनसक्ने आशा गरिरहेका थियौँ । तर चिसापानी पुगेपछि कुहिरो सबै हट्यो । पानी पर्न रोकियो र आकाश छर्लङ्गै खुल्यो । कोहलपुर नपुग्दै अन्तिम उडानमा रहेको श्री एरलाइन्सको प्लेनले अवतरण गरेर यात्रुहरूलाई बोर्डिङ गराइसकेको खबर आयो । कोहलपुर पुग्दा ६ बज्नलाई २ मिनेट बाँकी थियो ।

 

अमितले खुल्ला सडकमा दायाँबायाँका गाडीहरूलाई झुक्याउँदै ६ बजेर १० मिनेट जाँदा एरपोर्टको गेटभित्र गाडी छिराइदिए । हतारहतार सामानहरूको चेकजाँच गराएर तिलक सर, तारा सर र देवकुमारीलाई बोर्डिङ पास गराई अमित र म बाहिर निस्कियौँ । अमितलाई धन्यवाद् दिऊँ कि नदिऊँ यही दोधारमा थिएँ म ।

 

अमितले पहिल्यै जानकारी गराइसकेका थिए कि उनको घर दाङको घोराही नजिकै छ । त्यहाँ उनका आमाबा मात्र बस्दछन् । आमाबा र छरछिमेकलाई भेट्न पाउने इरादाले होला उनी नयाँ लुगामा ठाँटिएर आएका थिए । एरपोर्टबाट बाहिर आउनेबित्तिकै उनले सोधिहालेः “सर, नेपालगन्जमै बस्ने हो कि फर्कने हो ?”

“नेपालगन्जमै त नबसम् भो । फर्कनै पर्ला !”
“फर्कने त फर्कने । दाङ हुँदै कि सुर्खेत हुँदै ?”
सुर्खेतको बाटो धेरैचोटि ओहोरदोहोर गरेको भए पनि सडक यातायात खुलेपछि बिचमा बास कहिल्यै परेको थिएन । कता बस्ने भन्ने पनि केही जानकारी थिएन । अतः अमितलाई पनि सजिलो होस् भनी मैले उनको मनसाय बुझी उनैलाई सोधेँ, “दाङ हुँदै जाने त ?”
भर्खरै आएको प्लेनबाट झरेका यात्रीहरूले सुनेछन्, “सरहरू, दाङ जाने भए हामीलाई पनि लगिदिनोस् ।” हामीले ‘हुन्छ’, ‘हुन्न’ केही भन्न नपाउँदै उनीहरू गाडीको ढोका खोलेर खुरुखुरु भित्र पसिहाले ।

अमितले हाँस्दै भने, “जाम् त सर अब ?”
“अब यहाँ बसेर के गर्नू त ? प्लेन उड्न थालिसक्यो । हाम्रो यात्रा सफल भइहाल्यो । अब गइहालम् ।”
अमितले गाडी हुँइक्याइ । पहिलेकै समयमा कोहलपुर पुग्यौँ । कोहलपुर पुगेर खाजा खाई निस्कँदा साढे ७ बजिसकेको थियो । आकाशबाट पानी फेरि ह्वार्ह्वार्ती खनिन थाल्यो । पानीको धाराले बाटो नै नदेखिए पनि सिधा बाटोमा गाडी बत्ताउन अमितलाई कुनै गाह्रो भएन ।

 

पछिल्लो सिटमा बसेका यात्रीहरूले भन्दै थिएः “हामी गाडीमा बसेका छौँ कि हेलिकोप्टरमा ? गाडीको यस्तो गति त आजतक चाल पाएनौँ ।”
म केही बोलिनँ । अमितले यात्रीहरूलाई हाँसेर टारिदियो । पूर्वपश्चिम हाइवेमा गाडीहरू निकै पातला थिए । मुसलधारे वर्षाको कारणले बाटोमा मान्छे वा जीवजन्तु निस्कन सक्ने सम्भावना नै थिएन । यसले हामी अर्को गाडीसँग ठोक्किनबाट जोगिइरहेका थियौँ । मलाई लागेको थियो कि आज यतै मर्नै लेखिएको रहेछ । तैपनि म केही नभएझैँ चुपचाप थिएँ । बोले पनि अमित हाँसोमा उडाइदिन्थे ।

हाम्रो गाडी त दुर्घटना पर्‍यो रे । तपाईँले केही चाल पाउनुभएन ? उसलाई नछोड्नुपर्ने !”दुर्घटना ? !!” म आत्तिएँ । गाडीसितै अमित पनि ध्वस्तै भयो कि ? म डरले लगलगी काम्न थालेँ र हत्तपत्त अमितलाई फोन लगाएँ । फोन रिसिभ भयो र अमितले नै फोन उठाए ।

अमिलियाबाट उकालोतिर लागेपछि पानीसँगै कुहिरो पनि अझै बाक्लियो । बाटोभरि भेल पसेर गाडीको गतिलाई रोक्न दुस्प्रयास गरिरहेझैँ लाग्थ्यो । दाङका यात्रीहरूले यो बाटोमा कहिले पनि यति ठुलो भेल आएको चाल नपाएको भन्दै जिब्रो टोकिरहेका थिए ।
अस्मिता र प्रवीर आमालाई लिन काठमाडौँ एयरपोर्ट आएका थिए । उनीहरूले प्लेन अझै नओर्लिएको जानकारी दिइरहेका थिए । अच्चम्म त यो भयो कि देवकुमारी प्लेनबाट काठमाडौँ नपुग्दै हामीहरू नेपालगन्जबाट तुलसीपुर पुगिसकेका थियौँ ।
मैले अमितलाई दाङस्थित दिदीको घरमा पुर्‍याउन लगाएँ र उसलाई पनि यतै बसेर बिहान मात्र आमाबा भेट्न जान कर गरेँ । तर उनले मानेनन् ।

 

बेलुका भिनाजु सुतिसकेकोले बिहान सन्चोबिसन्चो र दुखसुखका कुरा गर्न मोबाइल चार्जमै छोडी तल्लो तला ओर्लिएँ । बिहान पनि पानी उस्तै दर्किरहेको थियो । अमितले गाडी नल्याई बाहिर निस्कन सक्ने अवस्था थिएन । यसबिचमा तारा सरको फोन निकैचोटि आइसकेको रहेछ । मैले कलब्याक गर्दा उहाँले सोध्नुभयोः “अमित कता छ ?”
मैले भएकै कुरा बताएँ, “ऊ त हिजो बेलुका नै घरमा जान्छु भनेर गइसकेको हो । अहिले बिहानै लिन आउँछु भनेकोले उसैलाई पर्खेर बसेको छु ।”

शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा
जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ४.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ५.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ६.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

भर्खरै

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ३.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ४.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ५.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ६.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ७.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ८.
    ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.