• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

ऐतिहासिक मौराखारा मेला लाग्दै

सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २. रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३. मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४. ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५. सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६. आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७. मुसिकोट -१२ को सार्वजनिक तथा समीक्षा कार्यक्रम सम्पन्न

  • ८. सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

  • ९. विपद् प्रतिकार्य सम्बन्धी पूर्व अभ्यास

  • १०. ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

राहत शिक्षकको पेशागत स्थायित्व र व्यवस्थापनको अन्तिम विकल्प


टिकाराम बिष्ट

Advertisement

रुकुम पश्चिम -३०, असार ।

नेपालको शैक्षिक इतिहासमा राहत शिक्षकहरू एक यस्तो महत्वपूर्ण स्तम्भ हुन् जसको योगदानलाई कुनै पनि हालतमा बिर्सन सकिँदैन । जब देश द्वन्द्वको चपेटामा थियो, जब राज्यले गाउँगाउँमा विद्यालय खोल्नको आवश्यकता महसुस गरिरहेको थियो, तर शिक्षक दरबन्दी सिर्जना गर्न आर्थिक र प्रशासनिक रूपमा असमर्थ थियो, तब यिनै राहत शिक्षकहरूले शिक्षाको ज्योति गाउँगाउँमा पुर्‍याए ।

 

उनीहरूले कठिन परिस्थितिमा पनि शैक्षिक प्रणालीलाई जीवन्त राख्न अतुलनीय भूमिका खेले । यी शिक्षकहरू कुनै अल्पशिक्षित वा अप्रशिक्षित व्यक्तिहरू थिएनन् । उनीहरू सरकारद्वारा मान्यता प्राप्त विश्वविद्यालयहरूबाट निश्चित शैक्षिक योग्यता हासिल गरेर शिक्षण पेशामा प्रवेश गरेका थिए ।

आज बजारमा सेवा प्रवेशका लागि तयारी अवस्थामा रहेका र विभिन्न विद्यार्थी संगठनहरूमा आबद्ध भई शतप्रतिशत खुला प्रतिस्पर्धाबाटै स्थायी गरिनुपर्छ भन्ने वकालत गर्ने विद्यार्थीहरूका गुरु पनि यिनै राहत शिक्षकहरू हुन् ।

उनीहरूले आफ्नो जीवनको सबैभन्दा सृजनशील र ऊर्जावान समय शिक्षक सेवा आयोगको विज्ञापनको प्रतीक्षामा बिताए । तर, राज्यको अकर्मण्यता र उदासीनताका कारण शिक्षक सेवा आयोग नियमित रूपमा नखुल्दा उनीहरू अस्थायी र राहतको बिल्ला भिरेरै दुई दशकसम्म शिक्षण पेशामा होमिन बाध्य भए । यो दुई दशकको अवधिमा उनीहरूले अपमान, विभेद र न्यून पारिश्रमिकका बाबजुद पनि लाखौँ शैक्षिक जनशक्ति उत्पादन गरे ।

 

आज बजारमा सेवा प्रवेशका लागि तयारी अवस्थामा रहेका र विभिन्न विद्यार्थी संगठनहरूमा आबद्ध भई शतप्रतिशत खुला प्रतिस्पर्धाबाटै स्थायी गरिनुपर्छ भन्ने वकालत गर्ने विद्यार्थीहरूका गुरु पनि यिनै राहत शिक्षकहरू हुन् । उनीहरूको धैर्यता, लगनशीलता र समर्पणको कथा नेपाली शिक्षाको आधारशिलामा लेखिएको छ ।

तर, आजको यथार्थ विडम्बना, आज तिनै समर्पित राहत शिक्षकहरू विभिन्न कोणबाट हेपिएका र समस्याग्रस्त भएका छन् ।

१. समस्या, बोझ र घाँडो:

कतिपय हरिलठ्ठा शिक्षाविद्हरूका लागि राहत शिक्षकहरू समस्या, बोझ र घाँडो भएका छन् । उनीहरू राहत शिक्षकहरूको ऐतिहासिक योगदानलाई बिर्सेर उनीहरूलाई शैक्षिक गुणस्तरको बाधकका रूपमा चित्रण गर्न खोज्छन् । यो सोचाइले उनीहरूले द्वन्द्वकालमा र राज्यको अभावमा पुर्‍याएको योगदानलाई पूर्णतया नजर अन्दाज गर्छ ।

२. खिसिट्युरीका पात्र:

कतिपय बुङ्गाहरूका लागि राहत शिक्षकहरू खिसिट्युरीका पात्र बनेका छन् । उनीहरूको अस्थायी हैसियत र संघर्षलाई मजाकको विषय बनाइन्छ, जसले शिक्षक पेशाको गरिमामाथि नै आँच पुर्‍याउँछ । यो व्यवहारले उनीहरूको लामो सेवा र त्यागलाई अपमान गर्छ ।
३. पेशागत असुरक्षाको त्रास:

राहत शिक्षकहरू सधैँ पेशागत असुरक्षाको त्रासले ग्रसित छन् । कुनै पनि बेला आफू सेवाबाट हटाइन सकिने भयले उनीहरूको मानसिक स्वास्थ्य र शिक्षण कार्यमा नकारात्मक असर पारेको छ । यो अनिश्चितताले उनीहरूको जीवनमा स्थिरता आउन दिएको छैन ।

४. राजनीति गर्ने हतियार:

कतिपय पटमुर्खहरूका लागि राहत शिक्षकहरू राजनीति गर्ने हतियार भएका छन् । उनीहरूको समस्यालाई राजनीतिक लाभका लागि प्रयोग गरिन्छ, तर वास्तविक समाधानका लागि ठोस कदम चालिँदैन । यसले राहत शिक्षकहरूलाई झनै अन्योलमा पार्छ र उनीहरूको धैर्यताको बाँध टुट्ने अवस्थामा पुर्‍याउँछ ।

राहत शिक्षकहरू के चाहन्छन्?

राहत शिक्षकहरूको माग स्पष्ट र न्यायोचित छ । उनीहरू दुई दशकसम्म शिक्षक सेवा आयोग नखुलेको कारण र जीवनको सृजनशील उमेरभरी अस्थायी र राहतको बिल्ला भिरेर भए पनि यत्रो वर्षसम्म शिक्षण पेशामा दिएको योगदानको कदर चाहन्छन् । उनीहरू विगतमा अस्थायी शिक्षकहरूलाई जुन प्रक्रियाले स्थायी गरियो, त्यसमा कत्ति पनि हेरफेर नगरी कोही पनि सेवाबाट बाहिरिनु नपर्ने गरी स्थायी हुन चाहन्छन् ।

यो उनीहरूको नैसर्गिक अधिकार हो, जुन प्राकृतिक न्यायको सिद्धान्तले पनि पुष्टि गर्दछ । उनीहरूले राज्यको अभावमा दिएको सेवाको प्रतिफल स्थायीत्व हो भन्ने उनीहरूको दृढ विश्वास छ ।

राहत शिक्षक समस्याको समाधान कसरी गर्ने?
यस जटिल र संवेदनशील समस्याको समाधानका लागि राज्यले तत्कालै ठोस र न्यायपूर्ण कदम चाल्नु अपरिहार्य छ । यसका लागि निम्न व्यवहारिक उपायहरूमाथि गम्भीरतापूर्वक विचार गर्न सकिन्छ ।

१. स्वेच्छिक अवकाश र रिक्त पदपूर्ति:

आर्थिक प्याकेज: धेरै उमेर बाँकी नरहेका र २० वर्ष वा सोभन्दा बढी सेवा अवधि पूरा गरिसकेका शिक्षकहरूका लागि आकर्षक आर्थिक प्याकेजसहितको स्वेच्छिक अवकाशको बाटो खोलिदिनुपर्छ । यो प्याकेज यति आकर्षक हुनुपर्छ कि उनीहरूले आफ्नो लामो सेवाको सम्मानका साथै भविष्यको लागि पनि आर्थिक सुरक्षा महसुस गर्न सकून् । यसले उनीहरूलाई सम्मानजनक रूपमा पेशाबाट बिदा हुने अवसर प्रदान गर्छ । यो कदमले राज्यको तत्कालको आर्थिक भार कम गर्न मद्दत गर्छ र नयाँ पुस्ताका लागि अवसर सिर्जना गर्छ ।

खुला विज्ञापन: स्वेच्छिक अवकाशबाट रिक्त भएका दरबन्दीहरूलाई तत्कालै खुला विज्ञापन मार्फत पदपूर्ति गर्नुपर्छ । यसले शैक्षिक प्रणालीमा नयाँ र ऊर्जावान जनशक्ति भित्र्याउन मद्दत गर्छ, जसले शैक्षिक गुणस्तर सुधारमा सकारात्मक प्रभाव पार्छ । यो प्रक्रियाले योग्य र सक्षम व्यक्तिहरूलाई शिक्षण पेशामा आकर्षित गर्छ र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्छ ।

२. सेवा अवधिका आधारमा आन्तरिक प्रतिस्पर्धा:

स्वेच्छिक अवकाश नलिने र स्थायी हुन चाहने शिक्षकहरूका लागि उनीहरूको सेवा अवधिको आधारमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था गरिनुपर्छ । यो प्रक्रिया उनीहरूको अनुभव र योगदानलाई कदर गर्ने सबैभन्दा न्यायोचित तरिका हो । यसका लागि निम्न बमोजिमको प्रतिशत निर्धारण गर्न सकिन्छ:

१० वर्ष वा सोभन्दा बढी सेवा अवधि पूरा गरेकाहरूका लागि १००% आन्तरिक प्रतिस्पर्धा:

यस्ता शिक्षकहरूले आफ्नो जीवनको महत्वपूर्ण समय यस पेशामा समर्पित गरेका छन् । उनीहरूको अनुभव र योगदानलाई पूर्ण रूपमा सम्मान गर्दै उनीहरूलाई शतप्रतिशत आन्तरिक प्रतिस्पर्धाको अवसर दिनुपर्छ ।

५ वर्ष सेवा अवधि पूरा गरेकाहरूका लागि ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा: यो समूहका शिक्षकहरूले पनि पर्याप्त अनुभव हासिल गरिसकेका छन् । उनीहरूलाई ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाको कोटा दिएर स्थायी हुने अवसर प्रदान गर्नुपर्छ ।

१ देखि ४ वर्ष सेवा अवधि पूरा गरेकाहरूका लागि ५० प्रतिशत आन्तरिक प्रतिस्पर्धा: यो समूहका शिक्षकहरूले पनि केही वर्षको अनुभव सँगालिसकेका छन् । उनीहरूलाई ५० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको कोटा दिएर स्थायीत्वको बाटो खोल्नुपर्छ ।

यो आन्तरिक प्रतिस्पर्धा पारदर्शी र निष्पक्ष हुनुपर्छ । यसले लामो समयदेखि सेवामा रहेका शिक्षकहरूको अनुभव र समर्पणलाई कदर गर्छ र उनीहरूलाई स्थायी हुने उचित अवसर प्रदान गर्छ ।

३. न्यूनतम अंक ल्याउन नसक्नेका लागि आर्थिक प्याकेज:
आन्तरिक प्रतिस्पर्धामा न्यूनतम पास अंक ल्याउन नसक्ने शिक्षकहरूका लागि पनि उनीहरूको सेवा अवधिका आधारमा उचित आर्थिक प्याकेज उपलब्ध गराएर सम्मानपूर्वक बिदा गर्नुपर्छ । उनीहरूले लामो समयसम्म सेवा दिएकाले उनीहरूलाई कुनै पनि हालतमा खाली हात फर्काउनु न्यायोचित हुँदैन । यो प्याकेजले उनीहरूको भविष्यको लागि केही हदसम्म आर्थिक सुरक्षा प्रदान गर्छ र उनीहरूको योगदानको कदर गर्छ । यो कदमले राज्यले आफ्ना नागरिकप्रति देखाउने मानवीयता र संवेदनशीलतालाई पनि दर्शाउँछ ।

दीर्घकालीन विकल्प: राहत कोटाको निरन्तरता र निवृत्तिभरण
यदि माथि उल्लेखित सुझावहरू कार्यान्वयन गर्न कुनै प्रशासनिक वा राजनीतिक अवरोध आउँछ भने, अर्को विकल्पको रूपमा राहत शिक्षकहरूको समस्यालाई तत्कालै सम्बोधन गर्न सकिने एउटा दीर्घकालीन उपाय पनि छ:

राहत कोटा यथावत राख्ने र निवृत्तिभरणमा जोड्ने:
हाल कायम रहेका राहत कोटाहरूलाई यथावत राखी उनीहरूलाई योगदानमा आधारित निवृत्तिभरण कोषमा जोड्नुपर्छ । यसले उनीहरूको भविष्यको आर्थिक सुरक्षा सुनिश्चित गर्छ र पेशागत असुरक्षाको त्रासलाई कम गर्छ । निवृत्तिभरणको व्यवस्थाले उनीहरूलाई सेवा निवृत्ति पछि पनि सम्मानजनक जीवनयापन गर्न मद्दत गर्छ ।

 

रिक्त कोटाहरूलाई दरबन्दीमा बदल्ने: वर्षेनी रिक्त हुने राहत कोटाहरूलाई दरबन्दीमा बदलेर खुला विज्ञापनबाट पदपूर्ति गर्ने व्यवस्था गर्नुपर्छ । यसले राहत शिक्षकहरूको संख्यालाई क्रमशः घटाउँदै लैजान्छ र दीर्घकालमा सबै शिक्षकहरूलाई स्थायी दरबन्दीमा ल्याउने लक्ष्य हासिल गर्न मद्दत गर्छ। यो प्रक्रियाले शैक्षिक प्रणालीमा क्रमिक सुधार ल्याउँछ र भविष्यमा यस्ता समस्याहरू दोहोरिन दिँदैन ।

 

राहत शिक्षकहरूलाई समस्या वा बोझका रूपमा हेर्नु हाम्रो समाजको ठूलो भूल हुनेछ । उनीहरूले देशको शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय छ र यसलाई सधैँ सम्मान गरिनुपर्छ । उनीहरूको धैर्यता, लगनशीलता र समर्पणको कदर गर्दै उनीहरूको पेशागत सुरक्षा र सम्मान सुनिश्चित गर्नु राज्यको परम दायित्व हो । यो केवल राहत शिक्षकहरूको व्यक्तिगत मुद्दा मात्र होइन, यो समग्र शैक्षिक प्रणालीको गुणस्तर, शिक्षकहरूको मनोबल र राष्ट्रको भविष्यसँग जोडिएको एक गम्भीर विषय हो ।

 

प्राकृतिक न्यायको सिद्धान्तले पनि उनीहरूको मागलाई समर्थन गर्छ । राज्यले ढिला नगरी यस विषयमा गम्भीरतापूर्वक विचार गरी ठोस र न्यायोचित समाधानका लागि कदम चाल्नुपर्छ, जसले गर्दा शिक्षा क्षेत्रमा शान्ति, स्थिरता र गुणस्तर सुनिश्चित गर्न सकियोस् ।

सोमबार, असार ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 
ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद
रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 
मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु
सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश
आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

लोकप्रिय

  • १.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २.
    रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

भर्खरै

  • १.
    नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

  • २.
    ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

  • ३.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • ४.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ८.
    सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.