• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. एनभिएलमा आज दुई खेल हुँदै

  • ४. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ५. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ६. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

हे वीरबल, जसरी पनि मलाई कवि बनाइदेऊ


पूर्ण ओली

Advertisement

रुकुम पश्चिम -१३, वैशाख ।

भारत वर्षको अकबरकालमा एकजना अपठित व्यक्तिलाई रातारात पण्डित बन्ने भुत सवार भएछ । त्यस बेलाको भारतवर्षमा कुनै तीब्र इच्छा जागे वा केही जटिल समस्या देखा परे तार्किक समाधानकर्ता वीरबल छँदै थिए । ती अपठित व्यक्ति अतृप्त प्रतिष्ठाको भोक बोकेर वीरबलकहाँ पुगेछन् । आफ्नो इच्छा व्यक्त गर्दै वीरबललाई बिन्तीभाउ गरेछन्, “मन्त्रीज्यू, जुनसुकै उपायले पनि म विनापढाइ पण्डित बन्नु छ । तपाईँले गरे केही असम्भव छैन । मलाई पण्डित तुल्याइदिनुहोस्, प्रभु !”

अपठित व्यक्तिको प्रतिष्ठाको पागलपन देखेर मरीमरी हाँस्दै वीरबलले भनेछन्, “पण्डित बन्ने कुरा तरकारी मण्डीमा आलु किनेझैँ त होइन ? बाह्रखरी चिन्नुपर्यो । सरासरी कक्षा चढे पनि १ कक्षादेखि १० कक्षासम्म पढ्नै १० वर्ष लाग्छ । मध्यमा पढ्न अरु २ वर्ष लाग्छ । शास्त्री र आचार्य पढेर पक्का पण्डित बन्न त कम्तीमा २० वर्ष पो लाग्छ ! यी सबै तह उत्तीर्ण गर्न निरन्तर अध्ययनको कठिन साधना गरिरहनुपर्छ । ज्ञानविना तपाईँको इच्छा पूर्ण हुन त सम्भव छैन ।”

तर त्यस व्यक्ति त जादूबुटी लिन पुगेको जिद्दीवाल थियो । ऊ किमार्थ रित्तो हात फर्कनेवाला थिएन । उसले वीरबलसँग जिद्दी गर्दै भनेछः “म यसको लागि जतिसुकै खर्च गर्न पनि तयार छु, जुनसुकै त्याग गर्न वा घाँटी छिनाल्न परे पनि तयार छु । तर मलाई यही महिनाभित्र पण्डित कहलिएर देखाउनुछ ।”

हिजोआजको समयमा वीरबल जन्मेको भए उनले सुझाव दिन्थे होलान्, “भागवत गीता समातेको एउटा राम्रो फोटो, कतैबाट कपि गरेको क्याप्सन, कुनै कार्यक्रममा प्रवचन दिएझैँ भिडियो, अनि आफ्नो नामको अगाडि ‘पण्डित’ लेखेर फेसबुक प्रोफाइल बनाऊ, पण्डित भइहाल्छौ ।”

 

तर उनी त आजभन्दा चार शताब्दी पहिलेका विचारक राजनीतिज्ञ थिए । उसको बहुलठ्ठीपूर्ण इच्छा बुझेर सोचविचार गरी वीरबलले भनेछन्, “उसोभए ठीक छ, यदि कसैले तिमीलाई पण्डित भनेर बोलायो भने त्यसलाई लखेट्न थाल्नू है त !”

केटाकेटीहरूले मनोरञ्जन लिने हेतुले झन् झन् ठुलो स्वरमा ‘पण्डित ! पण्डित !’ भन्न थालेछन् । यो उपक्रम केही दिन चल्यो र एककान दोकान मैदान भइहाल्यो ! अनि त त्यस गाउँका बालवनिता सबैले त्यस व्यक्तिको उपनाम नै पण्डित राखिदिएछन् । छोटै समयमा उनी नपढेरै पण्डित कहलिए ।

अनि छोटो बाटो हुँदै अपठित व्यक्ति फर्कने बाटोमा खेलिरहेका बच्चाहरूकहाँ पहिल्यै पुगेर उनीहरूलाई भनेछन्, “ऊ परबाट एउटा व्यक्ति आउँदै छ । त्यसलाई ‘पण्डित ! पण्डित !’ भनेर जिस्क्याउनू है । उसले तिमीहरूलाई लखेटे पनि जिस्क्याउन नछोड्नू ।” यति भनेर उनी अर्को बाटोबाट आफ्नो घर फर्केछन् ।

 

ती अपठित व्यक्ति आउनेबित्तिकै केटाकेटीहरूले ‘पण्डित आयो !’ ‘पण्डित आयो !’ भन्दै जिस्क्याउन थालेछन् । अपठित व्यक्तिले यो सुनेर केटाकेटीहरूलाई लखेट्न थाले, केटाकेटीहरूले मनोरञ्जन लिने हेतुले झन् झन् ठुलो स्वरमा ‘पण्डित ! पण्डित !’ भन्न थालेछन् । यो उपक्रम केही दिन चल्यो र एककान दोकान मैदान भइहाल्यो ! अनि त त्यस गाउँका बालवनिता सबैले त्यस व्यक्तिको उपनाम नै पण्डित राखिदिएछन् । छोटै समयमा उनी नपढेरै पण्डित कहलिए ।

 

यस्ता बहुलठ्ठीपूर्ण भोक जाग्ने अपठितहरू अकबरकालमा मात्र नभई यही समयमा हाम्रै छेउछाउमा प्रशस्तै पाइन्छन् । कसैलाई सिन्को नभाँचेरै अमिर बन्नु छ । कर्मचारीले नियुक्ति पाएको केही हप्ताभित्रै घरघडेरी जोड्नु छ । पागलप्रेमीलाई कुनै सुन्दर स्त्री देखेपछि ऊ जोसुकै होस् आजको आजै प्रेमबन्धनमा पार्नु छ । कार्यकर्तालाई पार्टीको सदस्यता प्राप्त गर्नेबित्तिकै नेतृत्वमा पुग्नुछ । केहीलाई साहित्यिक कृति र सिद्धान्त पढ्दै नपढी रातारात धुरन्धर साहित्यकार बनी टोपल्नु छ । यस्तै ताजुबको दृश्य देखियो गत हप्ताको सिर्जना उत्सवमा पनि ।

 

सिर्जना उत्सवको मूल मकसद नै यस क्षेत्रका सुषुप्त साहित्यकारहरूलाई झकझकाउनु थियो । श्रेष्ठ साहित्यकारहरूलाई नै अगाडि उभ्याएर साहित्यिक साधनाको पाठ बुझाउनु थियो । स्थानीय साहित्यप्रेमीहरूलाई उनीहरूकै घरआँगनमै केन्द्रीय साहित्यकारका कविताहरू सुनाउनु थियो । उनीहरूका कविताहरू पनि सिद्धहस्त कविहरूलाई सुनाउनु थियो । गाउँको कविताहरू राजधानी सम्म पुर्‍याउने लक्ष्य थियो । कवि गोष्ठीमा हुने गहिरो छलफल, गम्भीर सहभागिता र सजीव बहसले रुकुममा केही न केही स्तरीय कविता लेखाउने योगदान गरोस् भन्ने थियो ।

 

तर हामीहरू सजिलरी आफ्ना कविता अरूलाई देखाउनेवाला थिएनौँ र अरूका कविता सुन्नेवाला पनि थिएनौँ ।

 

अतः यहाँका सम्भावित कविहरूको कविता प्राप्त गर्न पुरस्कारको ललीपप देखाउनु थियो । चानचुने पुरस्कार भन्दा उनीहरूले बेहोर्नुपर्ने यातायात खर्च र खाजा खर्चको लागत बढी पर्न जाने हुँदा पुरस्कार राशि पनि उल्लेख्य बढाइयोः प्रथमदेखि सान्त्वना पुरस्कारसम्मलाई रु २५ हजार, १५ हजार, १० हजार, ५ हजार राशिको नगद पुरस्कार र प्रशंसापत्र दिने घोषणा गरियो । सिर्जना उत्सवको क्रममा कविता प्रतियोगिता हुने बारेको सूचनाको व्यापक प्रचारप्रसार हुन थाल्यो ।

 

कार्यक्रम स्थल तोकिएको मुसीकोट र त्रिवेणी गाउँपालिकाका हरेक विद्यालयहरूमा सूचना पुर्‍याइयो । पालिका अन्तर्गतका सबै वडा कार्यालयहरूमा सूचना पुर्‍याइयो । सबै सरकारी र गैरसरकारी कार्यालयहरूमा सूचना बाँडियो । सबै सामाजिक तथा वित्तीय संस्थाहरूमा पनि सूचना पुग्यो । प्रतियोगिता हुने बारेको सूचना रेडियो मार्फत् फुकियो । पत्र मार्फत् पठाइयो । पत्रपत्रिका तथा अखबारहरू मार्फत् खबर फैलियो । व्यक्ति व्यक्तिलाई फोन गरेर पनि कविता मागियो । महिनौँसम्म फेसबुक सूचनै सूचनाले रङ्गियो । यसरी व्यापक प्रचारप्रसार गरिए अनुसार हजारौँका कविताहरू प्रतियोगिताको लागि आइपुग्नुपर्थ्यो ।

सूचना प्रकाशनपछि प्रतियोगितामै आशङ्का व्यक्त गर्न थाल्नुभयोः ‘यो प्रतियोगिता त सुरूदेखि नै पक्षपातपूर्ण देखिन्छ ।’ ‘टेन्डर हालेझैँ कविता पठाए त भैगो । कार्यक्रममा कवि नै किन उपस्थित हुनुपर्‍यो ?’ ‘खुल्ला भनेपछि जिल्लावासीहरूको कविता मात्र लिनु उपयुक्त हुँदै होइन ।’ ‘कविता त पठाउँला, तर जाँच्छ कसले ? आफूभन्दा जान्ने साहित्यकार त रुकुमको आसपासमै पाउन सम्भव छैन ।’

सिर्जना उत्सवको मुख्य आकर्षक कार्यक्रम रहेको कविता गोष्ठीमा कम्तीमा पनि ५० जना कविलाई उपस्थित गराउने लक्ष्य रहेको हुँदा यो स्तरको व्यापक प्रचारप्रसारले हल नै कविहरूले मात्र भरिएला कि भन्ने पिर पनि थपियो ।

 

मोफसलका कविज्यूहरूले भने सूचना प्रकाशनपछि प्रतियोगितामै आशङ्का व्यक्त गर्न थाल्नुभयोः ‘यो प्रतियोगिता त सुरूदेखि नै पक्षपातपूर्ण देखिन्छ ।’ ‘टेन्डर हालेझैँ कविता पठाए त भैगो । कार्यक्रममा कवि नै किन उपस्थित हुनुपर्‍यो ?’ ‘खुल्ला भनेपछि जिल्लावासीहरूको कविता मात्र लिनु उपयुक्त हुँदै होइन ।’ ‘कविता त पठाउँला, तर जाँच्छ कसले ? आफूभन्दा जान्ने साहित्यकार त रुकुमको आसपासमै पाउन सम्भव छैन ।’

 

‘केन्द्रीय साहित्यकारलाई नजचाउने हो भने कविता नै पठाइँदैन ।’ ‘यो त अमूक उद्देश्यले प्रेरित सरासर अमूक पार्टीको कार्यक्रम हो । आफ्ना कविता पठाइदिएर विरोधी पार्टीको कार्यक्रमलाई किन सफल तुल्याइदिने ?’

 

अतः सोझासाझा कविजीहरूका कविता मात्र प्राप्त हुन थाले । कुनै इमेलमार्फत् आए, कुनै मेसेन्जरमार्फत्, कुनै ह्वाट्सएपमा, कुनै भाइबरमार्फत् त कुनै हार्डकपिमार्फत् । कुनै टाइप गरिएका, कुनै हस्तलिखित ।

 

कविता छनौटको लागि युद्धस्तरमै काम हुन थाल्यो । विभिन्न माध्यमबाट आएका कविताहरू डाउनलोड गरियो । विभिन्न विद्यालयहरूमा पुगेर सङ्कलन गरियो । तर पन्ध्र सयभन्दा बढी कविताहरू आउने अनुमान गरिएकोमा जम्मा पाँच दर्जन मात्र कविताहरू प्राप्त भए । तीमध्ये केही बेजिल्ला र दोहोरो तेहरो कविता प्राप्त भएको हुँदा जम्माजम्मी ५३ वटा कविता मात्र मूल्याङ्कन गर्न योग्य देखिए ।

अनि ती कविताहरूको नाम ठेगाना र सङ्केत मेटाएर कोडिङ गरियो । प्रत्येक पानाको अलगअलग ५/५ प्रति फोटोकपि गरियो । मूल्याङ्कनका २५ वटा आधार तोकेर मूल्याङ्कनको वस्तुनिष्ठ मापदण्ड बनाइयो । ती कविताहरू जिल्लावासीहरूलाई जाँच्न नदिएर जिल्ला इतरका साहित्यकारलाई जाँच्न पठाइयो । मूल्याङ्कन सिट प्राप्त भएपछि भिन्नाभिन्नै अङ्क जोड्ने काम भयो । अनि कोडलाई डिकोडिङ गरियो । यी कामहरू दिउँसोको व्यस्त समयमा गर्न सम्भव थिएन, अहोरात्र काम फत्ते गरियो !

 

पहिलो चरणको मूल्याङ्कनबाट ३४ जना उत्कृष्ट कविताहरू छानियो र दोस्रो चरणको मूल्याङ्कनको लागि कविहरूलाई कविता वाचन गर्न बोलाइयो । वाचन गर्ने अनिवार्यता किन थियो भने केही कविताहरू वाचनमा बलशाली देखिन्छन् । प्रत्यक्ष उपस्थितिमा मौलिकता पत्तो लाग्न सक्थ्यो । छनौट गरिएका कविहरूलाई ससम्मान मन्चमा उभ्याएरै अतिथि साहित्यकारहरूसँग परिचित गराउने र उहाँहरूलाई पनि केन्द्रीय साहित्यकारका कविताहरू सुनाउने मुख्य ध्येय थियो ।

 

दोस्रो चरणको मूल्याङ्कनको लागि कविता वाचन प्रतियोगितामा जम्मा २१ जना मात्र कविहरू उपस्थित हुनुभयो । पहिलो र दोस्रो चरणको मूल्याङ्कनको दुबैको अङ्क जोडेर उत्कृष्ट अङ्क प्राप्त गर्ने १२ जना कविहरू छनौट गरियो । कवि गोष्ठीमा ती कविताहरूको सम्पूर्ण पक्षको मूल्याङ्कनको लागि अतिथि साहित्यकारहरूको जिम्मामा छोडियो ।

 

तर कविता गोष्ठीको दिनमा छनौटमा परेका बाहेक अन्य कविको उपस्थिति देखिएन । जसलाई लक्षित गरेर कविता गोष्ठीको आयोजना गरिएको थियो उहाँहरू नै आइदिनुभएन ।

 

अनुपस्थितिका कारणहरू अनुमानयोग्य थिए । कविता बुझाएर वाचनको लागि छनौट हुन नसक्नेहरूले आफ्नो घोर अपमान ठान्नुभएको थियो । यो त कविहरूउपरको ठुलो धोकाधडी थियो । आफैलाई पराजित गर्नेको कविता सुन्न उहाँहरू कविता गोष्ठीमा किन आउने ? कविता गोष्ठीमा कविता सुनाउनकै लागि आउनुभएका सिद्धहस्त कविहरूका कविता जस्तोसुकै होऊन् उहाँहरूलाई के मतलब ? उहाँहरूको कविताजत्तिको स्तरीय त अरूको हुनै सक्तैनथ्यो ।

कविताको मूलभूत सिद्धान्त के हो ? कवितामा के कस्ता तत्वहरू विद्यमान हुनुपर्छ ? अलङ्कार शैली र बिम्ब कस्तो हुनुपर्छ ? सन्देश कस्तो हुनुपर्छ ? भन्ने कुरा बुझ्दै नबुझी, सिक्ने प्रयास गर्दै नगरी, अरूलाई सुन्दै नसुनी सित्तैमा धुरन्धर पण्डित कवि बन्नु छ । यस्ता ताइँ न तुइँका कवि गोष्ठी हामीलाई के काम ?

तेस्रो चरणको मूल्याङ्कन केन्द्रीय साहित्यकारहरूबाट नै हुनेभयो । उहाँहरूको मूल्याङ्कनको आधारमा कवि गोष्ठीमा उपस्थित भएका ११ जनामध्ये ५ जनालाई पुरस्कृत गरियो । पुरस्कृत हुन नसक्नेहरू अँध्यारिनुभयो र केही उठेर बाहिरिनुभयो । कवि गोष्ठी पुरस्कारको मोहले प्रभावित भयो ।

 

हामीहरूलाई त अरूका कविता पढ्दै नपढी वा सुन्दै नसुनी प्रखर कविको उपाधि हासिल गर्नु छ । कविताको मूलभूत सिद्धान्त के हो ? कवितामा के कस्ता तत्वहरू विद्यमान हुनुपर्छ ? अलङ्कार शैली र बिम्ब कस्तो हुनुपर्छ ? सन्देश कस्तो हुनुपर्छ ? भन्ने कुरा बुझ्दै नबुझी, सिक्ने प्रयास गर्दै नगरी, अरूलाई सुन्दै नसुनी सित्तैमा धुरन्धर पण्डित कवि बन्नु छ । यस्ता ताइँ न तुइँका कवि गोष्ठी हामीलाई के काम ? आवश्यक नै परे एक क्लिकमा सयौँ गुरुहरू के सहयोग चाहियो भन्दै आफ्नै मोबाइलमा उपस्थित भइहाल्नुहुन्छ ।

हे आधुनिक वीरबलरूपी ‘एआइ’ हरू, हे च्याटजिपिटी, हे डिपसिक, हे ग्रोक, हे जिमिनि, हे इर्निबोट, हे क्लाउडी, हे रिप्लिका, हे क्यापिलट, हे मेटा, हे प्रविधि क्षेत्रका तेत्तीसकोटी देवीदेवताहरू हो ! मलाई विनाज्ञान, विनापरिश्रम, विनासाधना अहिलेको अहिल्यै महान कवि बनाइदेऊ प्रभु ! भनेर प्रार्थना गरेको एक सेकेन्डमै तपाईँको नामबाट कविता, कथा, निबन्ध, नाटककका हजारौँ कृतिहरू तयार गरेर तपाईँलाई शीर्षक साहित्यकार तुल्याइहाल्छ । अनि किन चाहियो तातो न छारोको कवि गोष्ठी ?

शनिबार, बैशाख १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा
जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ४.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ५.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ६.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

भर्खरै

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ३.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ४.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ५.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ६.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ७.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ८.
    ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.