विरस सुनार
रुकुम पूर्व -८, वैशाख ।
रुकुम पूर्वको भुमे गाउँपालिका वडानम्वर -५, मा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ । आइतबार वडा स्तरीय खोप समन्वय समितिको आयोजनामा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा कार्यक्रम सम्पन्न गरिएको हो ।
आधारभूत स्वास्थ्य केन्द्र सेराबाङ्गका इन्चार्ज प्रकाश बिकका अनुसार चालु आर्थिक वर्ष ८१/८२ काे नीति तथा कार्यक्रम बमोजिम वडाका तीन वटै बस्तीहरूको घरधुरी सर्वेक्षण मार्फत पूर्ण खोपको घोषणा गरिएको छ ।
जसअन्तर्गत १५ महिना मुनिका बालबालिकाहरुले लगाउनुपर्ने नियमित खाेप डिपिटी, पोलियो, रोटा, पिसिबी, दादुरा, टाइफाइड जस्ता खोपहरु लगाइएको छ ।
उक्त खोप तीनवटै बस्तीका सेराबाङ्ग, डालिबाङ्ग, र उपल्लो साकिमका सबै बालबालिकाहरूलाई लगाइसकिएको बताइएको छ ।
वडाध्यक्ष टेक प्रसाद बुढाको रोहबरमा सम्पन्न गरिएकाे उक्त कार्यक्रममा भूमे गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक उपेन्द्र यादव, आन्तरिक लेखा परीक्षणका सुन्दर प्रसाद उपाध्याय तथा स्वास्थ्य स्वयंसेविका, तीनवटै बस्तीका आमा समूह र जनप्रतिनिधिहरुकाे उपस्थित रहेको थियो ।