रुकुम पश्चिम -१६, फागुन ।
धनवीर दाहाल
पछिल्लो समय विकसित सूचना प्रविधिले समाजलाई बदल्न थालेको छ । विश्वलाई नै सानो घेरामा सिमित बनाउन थालेको छ । एउटा मोवाइल भित्र विश्व हेर्न सक्ने अवस्था आएको छ । कुनै समय एउटा सूचना एक ठाँउबाट अर्काे ठाँउमा पुर्याउनका लागि हुलाकबाट चिठी खामबन्दी गरेर पठाउनु पर्दथ्यो ।
यो धेरै टाढाको कुरा नभएर विगत १५/१६ बर्ष अगाडिको कुरा हो । विस्तारै टेलिफोन, इमेल, इन्टरनेट हुँदै अहिले आएर ‘एआइ’ को समेत प्रयोग हुन थालिसकेको छ । प्रविधिको विकासले समाजलाई नजिक बनाएको छ । विश्व घटना तत्कालै थाहा हुने बनाइदिएको छ । प्रविधिलाई सही सदुपयोग गर्ने हो भने जीवन स्तरलाई पनि बदलेको धेरै उदाहरणहरु छन् ।
तर प्रविधिलाई दुरुपयोग गर्ने हो भने त्यसले जीवन बर्वाद बनाउँछ । अहिले सूचना प्रविधिको पहुँच बिस्तार भइरहँदा त्यस क्षेत्रका चुनौती पनि हाम्रा सामु उत्तिकै आएका छन् । ति चुनौतीको चिरफार गरी सकारात्मकता तिर लैजानु नै महत्वपुर्ण पक्ष हो ।
तर, ऊ स्कुलमा बाहेक मोबाइल फोनमै झुण्डिरहेको हुन्छ । नर्सरीमा पढ्ने बच्चा मोवाइलमा कार्टुन हेरेर रमाइरहेको हुन्छ । उसलाई आमाको ममताको प्रवाह हुँदैन । बुवाको वात्सल्य प्रेमको चासो हुँदैन । हजुरआमाका मिठा-मिठा कथाको मतलब हुँदैन । कसरी उसले ठूलो भएर आमाबाबुलाई माया गर्ला, जबकि माया-ममता सिकेको छैन ।
सञ्चार क्षेत्रमा हाल देखिएका चुनौतीहरू पार गर्दै भविष्यमा आउन सक्ने चुनौतीबारे समेत पूर्वतयारी गर्नुपर्ने अवस्था आइसकेको छ । सञ्चार क्षेत्रमा पुराना कानुन, सामाजिक सञ्जालको बढ्दो प्रयोग, बदलिँदो प्रविधि लगायत चुनौती थपिएको छ । सूचनाको हक लगायत नागरिकका अन्य हक कार्यान्वयन गराउन सञ्चार माध्यमको भूमिका थप प्रभावकारी हुनुपर्ने अहिलेको आवश्यकता रहेको छ । हामीले प्रयोग गर्दै आएको सामाजिक सञ्जाल पनि एक प्रकारको संचार माध्यम हो ।
तर त्यसको प्रयोग फेक आइडी खोल्न, गालीगलौज गर्न, अश्लील शब्द प्रयोग गर्न, चरित्र हत्या गर्नको लागि सञ्चालनमा ल्याइएको होइन । तर त्यही नहुनुपर्ने भइरहेको छ । पछिल्लो समय फेसबुक, युट्युव, ट्वीटर, ब्लग, भ्लग, अनलाइन पोर्टलको दुरूपयोग अचेल बढी छ । सामाजिक सञ्जाल प्रयोग कर्तामा हिजोआज ससाना स्कुले बालबालिकामा बढी रहेको देखिन्छ । स्कुल पढ्ने विद्यार्थीले धेरै कुरा सिक्ने धेरै कुरा उसको परिवार, छरछिमेक र ऊ बस्ने समाजमा हुन्छन् ।
सामाजिक सञ्जाललाई मर्यादित बनाउन सूचना प्रविधि व्यवसाय, साइबर सुरक्षा, मोवाइल बैंकिङ, डाटा सुरक्षा, साइबर हमला, साइबर अपराध र साइबर आतंकलाई नियन्त्रण र नियमन गर्ने प्रावधानहरू संविधानमा संशोधन गरी राखिनु आवश्यक देखिन्छ ।
तर, ऊ स्कुलमा बाहेक मोबाइल फोनमै झुण्डिरहेको हुन्छ । नर्सरीमा पढ्ने बच्चा मोवाइलमा कार्टुन हेरेर रमाइरहेको हुन्छ । उसलाई आमाको ममताको प्रवाह हुँदैन । बुवाको वात्सल्य प्रेमको चासो हुँदैन । हजुरआमाका मिठा-मिठा कथाको मतलब हुँदैन । कसरी उसले ठूलो भएर आमाबाबुलाई माया गर्ला, जबकि माया-ममता सिकेको छैन । कसरी ऊ सिर्जनशील हुनसक्छ, जबकि हजुरआमाका कथा सुनेर कल्पना गर्न जानेकै छैन । यसो भन्दैमा सामाजिक सञ्जाल खराब भन्ने आशय मात्र होइन, यसको प्रयोगलाई समयसापेक्ष र समुचित गराउन सकिएको छैन भन्ने मात्र हो ।
बालबालिकाको कलिलो दिमागमा मोवाइल आक्रमणलाई सिर्जनशील रूपमा प्रयोग गर्न गराउन नसक्नु वर्तमान प्रविधिको विकृत रूप बनेको छ । बालबालिकासँगै फुर्सदिला व्यक्तिहरू सामाजिक सञ्जाललाई समय विताउने अवसरका रूपमा प्रयोग गरेको देखिन्छ । तसर्थ सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा नविनतम प्रविधिहरू आइरहेका छन् ।
यसको राम्रोसँग प्रभावकारी ढंगले काम गर्न सकेको खण्डमा यसबाट हामीले खोजेको रूपान्तरण ल्याउन सक्दछौं । सूचनाको हकको कुरा संविधानको धारा २७ मा व्यवस्था भएपनि अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा त्यहाँ केही त्रुटी देखिएका छन् । देश संघ, प्रदेश, स्थानीय संरचनामा गइसकेको अवस्थामा प्रादेशिक, स्थानीय सूचना आयोग संविधानमा उल्लेख नगरिनु, संविधानमा सूचना हकका सन्दर्भमा नेपाली नागरिकलाई मात्र उल्लेख गरिनु ति त्रुटी मध्येका केही प्रतिनिधि उदाहरण हुन् ।
सामाजिक सञ्जाललाई मर्यादित बनाउन सूचना प्रविधि व्यवसाय, साइबर सुरक्षा, मोवाइल बैंकिङ, डाटा सुरक्षा, साइबर हमला, साइबर अपराध र साइबर आतंकलाई नियन्त्रण र नियमन गर्ने प्रावधानहरू संविधानमा संशोधन गरी राखिनु आवश्यक देखिन्छ । विकसित देशहरूको सफलताको प्रभावकारी आधार भनेको सूचना प्रविधिको अधिकतम र व्यवस्थित प्रयोग हो ।
-लेखक दुई दशकदेखि व्यावसायिक पत्रकारितामा सक्रिय हुनुहुन्छ । उहाँ हाल नेपाल टेलिभिजन काठमाडौँमा कार्यरत हुनुहुन्छ ।