• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, चैत २१, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

तुलसीराम खड्काका तीन मुक्तक

रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

आजको मौसम : हावाहुरी सहित मध्यम वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. डिजिटल युगमा साक्षरता प्रवर्धन (निबन्ध)

  • २. तुलसीराम खड्काका तीन मुक्तक

  • ३. ओली र लेखकलाई पाँच दिन हिरासतमा राखिने

  • ४. मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५. रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ६. नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

  • ७. आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ८. नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

  • ९. मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

  • १०. रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

सिस्ने र सिर्जना


रुकुम पश्चिम -२९, माघ ।

Advertisement

सिर्जना सिज्जू बहिनीको जन्मदिन हिजै हुनुपर्छ, तर फेसबुकले आज सम्झायो । सर्वप्रथम त बहिनीका सबै सपनाहरू पूरा होऊन्, हरेक यात्राहरू सफल होऊन्, सुस्वास्थ्य दीर्घजीवनको मस्तै मस्तै शुभकामना छ ।

 

जसलाई राज्यले बेलाबखत सम्झनुपर्थ्यो, जसलाई उनको जन्मभूमिले हरघडी सम्झनुपर्थ्यो, जसलाई उनका इष्टमित्र र साथीभाइहरूले बिहानबेलुका सम्झनुपर्थ्यो, हामी उनलाई काम नपरी सम्झँदैनौँ । उनीसँग फेसबुक साथीमा जोडिएको भए वर्षको एकचोटि जुकरवर्गले सम्झाउँदा सम्झन्छौँ । वा कुनै कुनाको वा लेकतिरको यात्राको भिडियो राखेको भए सम्झन्छौँ र भन्छौँ कुनै काम नपाएकी यो केटीलाई कम्ता मोजमस्ती छैन ।

 

हामीहरूमध्ये पनि कोही साथी यात्रामा निस्किएको कुरा वा फोटो भिडियो शेयर गर्‍यौँ भने निकटस्थ मित्रको कमेन्ट आइहाल्छः ‘मोज गर यार् मोज । हामीलाई त समय नै छैन, तिमीहरूलाई पो मोजमस्ती छ र यसरी डुलेका छौ ।’ यस्तो कमेन्ट गर्ने मित्र भने दुई पाइलो उकालो चढ्न पनि थुरथुर कामिरहेको हुन्छ । दुई कोश पर जाँदा पनि केही बित्यास पर्ला कि भनी औधी तर्सिन्छ ।

 

सिस्ने, कहिले हिउँको च्यादर ओढेर त कहिले नाङ्गै ठडिएर रुकुमको पहिचान अहोरात्र कायम गरिरहेको छ । हामीले उसको सुन्दरताबाट लोभिन्छौँ तर उसले काटेको कहरतिर ध्यान दिँदैनौँ । ऊ आफै यात्रामा निस्कँदैन, तर हजारौँ यात्रीहरूको मनमस्तिष्कमा राज गरेर यात्रा गरिरहन्छ ।

 

फोटो र भिडियो हेरेर सोचेजस्तो सजिलो हुँदैन यात्रा । घर छोडेर निर्जन भेकमा पुग्दा अनेकौँ चुनौती र जोखिमहरू खडा हुन्छन् । तिनीहरूलाई पार गर्दै जानु ओछ्यानमा बसेर भिडियो हेरेजस्तो सजिलो हुँदैन, आँट चाहिन्छ, कालको मुखबाट पसेर पिठबाट निस्कने हिम्मत चाहिन्छ । यात्रामा निस्कँदा घरको समय र कामको चौपट हुन्छ, बाटोमा चोटपटक लाग्छ, भोकप्यासले मार्छ, यात्राका पाइलापाइलामा अनेकौँ खतराहरूको सामना गर्नुपर्दछ ।

 

अहिलेको जमानाको अमेरिका सबैको घ्यूसँग मुछेर कुप्लुक्क निल्नमिल्ने मनको सुस्वादु लड्डु बनेको छ । तर कोलम्बसले अमेरिका पत्ता लगाउँदा कस्तो अवस्थामा थियो ? कोलम्बसले ज्यानको बाजी थापेर कसरी समुन्द्री यात्रामा होमिएका थिए ? भन्ने कुरा लड्डु निल्नेहरूलाई सुइँपत्तो नै हुँदैन ।

 

सिर्जना बहिनी पनि कर्णालीकी कोलम्बसबराबर हुन् । उनले उजागर गरेका कुनाकन्दराका प्राकृतिक धरोहरहरूको महत्त्व केही सतहमा आउँदै छन् भने केही भविष्यमा आउने नै छन् । तर ती स्थलहरूको महत्त्व बढ्दा बहिनी सिर्जनाको महत्त्व घट्दै जानेछ र उनलाई भविष्यका लाभग्राहीहरूले चटक्कै बिर्सिसक्नेछन् ।

 

सिर्जनालाई सम्झनको लागि गरिएका यी दुई शब्दको खर्च कसैलाई बढाइचढाइ पनि लाग्नसक्छ वा उनी ओली भएको कारणले वा कुनै वर्ग विशेषले नजिक परेको कारणले प्रशंशा गरियो होला भन्ने लाग्न सक्तछ । हामी कति कुत्सित विचारका छौँ भने गत वर्ष चित्रिपाटनको यात्रा सकेर म फर्किएपछि रुकुमकै केही मित्रहरूले भनेका थिएः ओलीको थान त यहीँ वरिपरि नै प्रशस्त थिए नि तिमी भने बित्थैमा चित्रिपाटन पो पुगेर आएछौ । हामी अन्य जातिका मान्छेलाई चित्रीपाटनको ‌ओलीको थानको के काम भयो र ?

 

यस विषयमा मेरो प्रश्नात्मक जवाफ छ । पशुपति ककसलाई काम लागेको छ ? सगरमाथा ककसलाई काम लागेको छ ? कोशी नदीका मुहानहरू ककसलाई काम लागेका छन् ?

 

हामीले आफ्नो आस्थाको अमुक दलको केन्द्रीय नेता जिल्लामा आउँदा १०० किलोको मालाले सम्मान गर्छौँ । उसको लागि घरको काम र मामलगायत सबथोक छोडिदिन सक्छौँ । उसलाई काँधमा बोक्न पाए स्वर्गको बाटो खुल्दो हो जसरी उसको नजिक पर्न मरिहत्ते गर्दछौँ । तर त्यही नेता वा त्यही कार्यकर्ताको नसामा सिर्जनाको पसिना पनि परेको छ भन्ने कुरा हामीलाई पटक्कै थाहा हुँदैन । हामी उनलाई २५ रुपैँयाको एउटा खादाले सम्मान गर्न पनि लोभ गर्छौँ । सित्तैमा प्रदान गर्न सकिने शब्दगुच्छाले उनको योगदानको कदर गर्न पनि कन्जुस्याँइ गर्छौँ ।

 

सिर्जना ! सिर्जना !! सिर्जना !!! कति कराइरहेको होला ? भन्ने लागिसक्यो होला तपाईँलाई । स्वाभाविकै पनि हो हाम्रोलागि को हो र सिर्जना ? गोरु बेचेको साइनोसमेत नपर्ने एउटी काम नपाएकी ‘स्वान्चरी’ त होली । उनको कामलाई बुझ्नुपहिले उनको सङ्क्षिप्त परिचयतिर लागौँ ।

 

रुकुम पश्चिम जिल्ला सानीभेरी गाउँपालिका–११ अर्माकी बासिन्दा सिर्जना ओली पछिल्लो समयमा सोलो ट्रेकरको नामले विश्वभर प्रसिद्ध छिन् । उनले वन विज्ञानमा स्नातक सकेपछि आफ्नो समय र ऊर्जा यात्रामै नै लगाएकी छिन् । नेपाल र विदेशका गरी १५० भन्दा बढी प्राकृतिक स्थलहरूको भ्रमण गरिसकेकी सिर्जना अब विश्वकै चर्चित पर्यापर्यटनको भ्लगर बन्दै छिन् । उनको फेसबुक पेजमा ३० हजारभन्दा बढी फ्लोवर्स छन् । उनको युट्युबमा १ लाख ३३ हजारभन्दा बढी सब्स्क्राइबरहरू छन् र उनले युट्युबमा रोमाञ्चक एवम् सनसनीपूर्ण यात्रासम्बन्धी २१० वटाभन्दा बढी भिडियोहरू अपलोड गरेकी छिन् ।

 

युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट उनी सम्मानित भएकी थिइन् । २०८० मा नेपालका ५० जना उत्कृष्ट महिलाहरूमध्ये पर्न पनि सफल भएकी छन् र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याएको भन्दै विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले सम्मान/पुरस्कार पनि प्रदान नगरेका होइनन् । तर उनी जुन भूमिमा जन्मिइन् र जसको लागि भनेर कठिनतम् यात्रामा निस्किन्छिन् त्यो भूमिले उनलाई अद्यापि न्याय गर्न सकेको छैन । उनी आफ्नो भूमिकाको तुलनामा उपेक्षित छिन् ।

 

उनले खास गरी कर्णाली प्रदेशका पर्यटकीय सम्भावनाहरूलाई उजागर गर्न लागिपरेकी छिन् । व्यावसायिक पर्यटनद्वारा कर्णालीलाई कसरी विकास गर्न सकिन्छ भन्नेमा उनी केन्द्रित छिन् । पर्यटकीय हिसाबले रारा र फोक्सुन्डोले मात्र चिनिने कर्णालीका कुनाकन्दराहरूमा एक्लै पुगेर गुगलमा पनि नभेटिने र सामाजिक सञ्जालमा नदेखिने थुप्रै नयाँ गन्तव्यहरूको एक्सप्लोर गरेर जनसमक्ष ल्याइरहेकी छिन् ।

 

सिर्जनाले रुकुमका पनि दुर्गम भेकको स्थानीय संस्कृति, रहनसहन, परम्परा, भाषा, र जीवनशैली नजिकबाट अध्ययन गरी विभिन्न समुदायका मानिसहरूसँग अन्तरक्रिया गरेर सांस्कृतिक आदान-प्रदानमा योगदान पुर्‍याएकी छिन् । यस भेगका लोकसंस्कृति, गीत, नृत्य, भेषभूषा र खानपानलाई विभिन्न भिडियोमार्फत अन्तर्राष्ट्रिय स्तरमा चिनाएकी छिन् । दुर्गम गाउँहरूमा पुगेर स्थानीय जीवनशैलीमा आएको परिवर्तनलाई औँल्याएर नीति निर्माताहरुलाई मद्दत गरेकी छिन् । उनको एकल यात्राले लैङ्गिक समानता र महिला सशक्तीकरणको उदाहरण प्रस्तुत गरेको छ । यात्राको क्रममा आफूले देखेका समस्याहरू सामाजिक सञ्जाल वा ब्लग मार्फत उठान गरेर समाजमा सचेतना फैलाएकी छिन् । स्थानीय होटेल, होमस्टे, गाइड, र यातायातको प्रयोग र सिफारिसद्वारा स्थानीय अर्थतन्त्रलाई सबल तुल्याउन अहम् भूमिका खेलेकी छिन् । स्थानीय राजस्वमा उनको पनि पसिनाको अंश छ ।

 

उनले लाखौँ युवाहरूलाई संस्कृति, पर्यटन र समाज विकासमा उत्प्रेरित गरिरहेकी छिन् जुन कर्णाली प्रदेशमा हालसम्म सरकारी तवरबाट खर्चिएको अर्बौ रकमभन्दा पनि बढी हो ।

 

रुकुमकै पनि सार्वजनिक जानकारीमा नरहेका गुप्ता, सुनदह, सिस्ने र थुप्रै लेकाली रुटहरूको बारेमा आफै पुगेर जानकारी दिएपश्चात् त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या ह्वात्तै बढाइदिएकी छिन् । उनले हरेक हप्ता राखेको एउटा भिडियोलाई नेपाल र विदेशका १ लाख ३३ हजार दर्शकहरूले एकैचोटि हेर्छन् । यति ठुलो स्तरको प्रचारको काम उनले निशुल्क गरिरहेकी छिन् । जबकि १० जनालाई सुसूचित गर्नको लागि सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले लाखौँ खर्च गरेका हुन्छन् ।

 

यो प्रचारबाट प्रत्यक्ष वा परोक्ष रूपमा देशको पर्यटन उद्योगमा योगदान भइरहेको छ र उनको यही योगदानको अंशबाट सम्मान थाप्ने राजनीतिक प्रशासनिक वा अन्य क्षेत्रका नेताहरूले तलब, भत्ता तथा विभिन्न सुविधाहरू प्राप्त गर्ने बाटो खुलेको छ ।

 

अब भन्नुहोस् गलामा माला थाप्ने मुख्य हकदार सिर्जना सिज्जू हुन् कि होइनन् ? उनको यो अटुट यात्रा उनको मोजमस्ती मात्र हो कि देशकै लागि अमूल्य योगदान हो ?

 

उनलाई फूलको माला पहिर्‍याउन नसके पनि आउनुहोस् उनको जन्मदिनको अवसर पारेर जन्मदिनको भव्य शुभकामना भन्दै शब्दमाला पहिर्‍याउन कन्जुस्याँइ नगरौँ ।

तिम्रो योगदानले कर्णाली पर्यटन क्षेत्रको अग्रङ्तिमा उभियोस् जन्मदिनको मस्तै मस्तै शुभकामना छ सिर्जना बहिनी !!!

लेखक पूर्ण ओली रुकुमेली वाङमय अधिष्ठानका सचिव तथा मध्यपश्चिमाञ्चल साहित्य परिषद्का केन्द्रीय सदस्य  हुनुहुन्छ ।

 

मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तुलसीराम खड्काका तीन मुक्तक
रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न
मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया
आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु
नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन
मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

लोकप्रिय

  • १.
    डिजिटल युगमा साक्षरता प्रवर्धन (निबन्ध)

  • २.
    तुलसीराम खड्काका तीन मुक्तक

  • ३.
    ओली र लेखकलाई पाँच दिन हिरासतमा राखिने

  • ४.
    मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५.
    रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ६.
    नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

भर्खरै

  • १.
    तुलसीराम खड्काका तीन मुक्तक

  • २.
    रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ३.
    मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

  • ४.
    आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ५.
    नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

  • ६.
    मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ७.
    रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ८.
    नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.