रुकुम पश्चिम -२७, भदौ ।
Advertisement
नेपालले युएईलाई हराउँदै एसिसी मेन्स प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको वायुमास क्रिकेट ओभल स्टेडियममा आज भएको फाइनल खेलमा युएइलाई ४४ रनले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधि जितेसँगै नेपालले २०२७ को एकदिवसीय एसिया कपमा स्थान सुरक्षित गरेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १३ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले शतकीय पारी खेलेका थिए ।
जवाफी ब्याटिङमा उत्रिएको युएइले ४९ ओभर १ बलमा अल आउट हुँदै २ सय ६९ रन मात्र बनाउन सक्यो ।
नेपालले यसअघि सन् २०२३ को फाइनलमा पनि युएईलाई ७ विकेटले पराजित गरेको थियो ।