• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. कविता – ‘उदेक लाग्छ’

  • ४. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

आठविसकोट नगरपालिका र स्वास्थ्यकर्मी बिच चारबुँदे सहमति

"नियमित कामकाजमा फर्कन तयार  "

रुकुम पश्चिम -११, असार ।

Advertisement

रुकुम पश्चिमको आठविसकोट नगरपालिका र करार स्वास्थ्यकर्मी बिच चार बुँदे सहमति भएको छ । आठविसकोट नगर अस्पताल र स्वास्थ्यकर्मी बिच आज भएको छलफलबाट चार बुँदे सहमति भएको हो ।

नगरपालिकाले जनाए अनुसार उक्त सहमतिपछि सामूहिक राजीनामा दिएका ३६ जना करार स्वास्थ्यकर्मी आ-आफ्नो नियमित कामकाजमा फर्किने भएका छन् । सहमति पत्रमा स्वास्थ्यकर्मीले हाल खाइपाई आएको तलब भत्ता यथावत राख्ने र कार्यालय समय बाहेक अतिरिक्त समय कार्य गरेमा एकदिन बराबर अतिरिक्त हुन गएको समयलाई एकदिनको समय मानि हाल खाइपाई आएको रकममा वृद्धि गरी नगर करार तहको तलब अनुसार अतिरिक्त सेवा भत्ता प्रदान गरिने भएको छ ।

त्यस्तै प्रयोगशाला र एक्स-रे विभागमा कार्यरत स्वास्थ्यकर्मीलाई दिँदै आएको २० प्रतिशत जोखिम भत्तालाई वृद्धि गरी २५ प्रतिशत बनाइने भएको छ ।

यसबाहेक नगरपालिकाबाट निर्मित करार स्वास्थ्यकर्मी र करार कर्मचारी नियुक्त गर्ने र हाल लागु भएका कार्यविधिहरु समायानुकूल परिमार्जन तथा संशोधन गर्न कार्यदल गठन गरी आवश्यक संशोधनको लागि नगर कार्यपालिकामा सिफारिस गर्ने सहमति भएको छ ।

सहमति पत्रमा नगरपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतम र करार स्वास्थ्यकर्मीको तर्फबाट कविराम सेर्पाली लगायत ६ जनाले हस्ताक्षर गरेका छन् ।

यहाँ कार्यरत करार स्वास्थ्यकर्मीले तलव भत्ता, अतिरिक्त सेवा भत्ता, जोखिम भत्ता लगायत अन्य सेवा वृद्धि गराउन माग राख्दै बुधबार सामूहिक राजीनामा दिएका थिए ।

बिहिबार, असार ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    कविता – ‘उदेक लाग्छ’

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • २.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ३.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ६.
    कविता – ‘उदेक लाग्छ’

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.