• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७. एनभिएलमा आज दुई खेल हुँदै

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी


चिना बराल २८, मङ्सिर ।

Advertisement

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित पार्टी एकता सन्देश सभाबाट नेपाली कम्युनिस्ट आन्दोलनले फेरि एकपटक एकताको महत्व र अपरिहार्यतालाई जोडदार रूपमा उजागर गरेको छ । शनिबार कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट एकतालाई केवल राजनीतिक समीकरण मात्र नभई जनताको चाहना, संविधानको रक्षा र राष्ट्रको स्थायित्वसँग जोडिएको विषयका रूपमा प्रस्तुत गरेका छन् ।

सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र विकासमा क्षेत्रीय असन्तुलन अन्त्य जनताका मुख्य सरोकार हुन् । कर्णाली जस्तो पिछडिएको क्षेत्रलाई विकासको प्राथमिकतामा राख्ने प्रतिबद्धता स्वागतयोग्य भए पनि यसलाई नीतिगत निर्णय, बजेट र कार्यान्वयनमा उतार्नु नै चुनौतीपूर्ण पक्ष हो ।

नेपालको राजनीतिक इतिहासमा कम्युनिस्ट आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको छ । राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, संघीयता र समावेशी लोकतन्त्रको जग बसाल्न कम्युनिस्ट शक्तिको योगदान निर्णायक रह्यो । तर विडम्बना के छ भने, विगतमा कम्युनिस्ट आन्दोलन आन्तरिक विभाजन, शक्ति संघर्ष र नेतृत्व बीचको अविश्वासका कारण अपेक्षित दिशामा अघि बढ्न सकेन । यही कारण जनतामा निराशा पन पैदा भएको यथार्थ हो ।

 

यसपटकको कम्युनिस्ट एकता विगतका गल्तीको आत्मसमिक्षा सहित अघि बढाइएको दाबी गरिएको छ । दाहालले एकता जनताको आवश्यकताबाट प्रेरित भएको र दीर्घकालीन हुने विश्वास व्यक्त गर्नु र नेपालले संविधान, गणतन्त्र तथा लोकतन्त्र रक्षाका लागि एकता अपरिहार्य रहेको बताउनु राजनीतिक रूपमा अर्थपूर्ण सन्देश हो । तर एकताको वास्तविक मूल्य भाषणभन्दा व्यवहारबाट मापन हुने यथार्थलाई नेतृत्वले बिर्सनु हुँदैन ।

 

सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र विकासमा क्षेत्रीय असन्तुलन अन्त्य जनताका मुख्य सरोकार हुन् । कर्णाली जस्तो पिछडिएको क्षेत्रलाई विकासको प्राथमिकतामा राख्ने प्रतिबद्धता स्वागतयोग्य भए पनि यसलाई नीतिगत निर्णय, बजेट र कार्यान्वयनमा उतार्नु नै चुनौतीपूर्ण पक्ष हो । विदेशिएका युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने घोषणालाई पनि ठोस योजना र परिणामले पुष्टि गर्नुपर्ने आवश्यकता छ ।

 

युवापुस्ताको आकर्षण बढ्दै गएको दाबी आफैंमा सकारात्मक संकेत हो । तर जेन-जी पुस्ता नाराभन्दा परिणाम खोज्ने पुस्ता हो । पारदर्शिता, जवाफदेहिता र कार्यसम्पादन देखाउन नसकिए एकता आफैं कमजोर बन्न सक्छ । त्यसैले कम्युनिस्ट एकताको सफलता संगठनात्मक एकता मात्र होइन, जनजीविकासँग प्रत्यक्ष जोडिने काममा निर्भर रहनेछ ।

 

अन्ततः, कम्युनिस्ट एकता आजको राजनीतिक आवश्यकता अवश्य हो । तर यो आवश्यकता दिगो तब मात्र हुन्छ, जब एकता सत्ता प्राप्तिको साधन नभई संविधानको रक्षा, जनताको सेवा र समृद्ध नेपाल निर्माणको माध्यम बन्न सक्छ । इतिहासले नेतृत्वलाई दिएको यो अवसर गम्भीर आत्मसंयम, जिम्मेवारी र परिणाममुखी कार्यशैलीबाट मात्र सार्थक हुनेछ ।

आइतबार, मङि्सर २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

भर्खरै

  • १.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • २.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ५.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.