रुकुम पश्चिम -५, असार ।
टिकटक प्ल्याटफर्ममा गीत गाएर एकाएक चर्चामा आएका रमेश परियारको पहिलो गीत अम्खोरामा पानी आज सार्वजनिक भएको छ । म्याग्दी घर भएका परियारको आवाजमा लोकदोहोरी अम्खोरामा पानी, मन परेको मान्छेको हाँसै छ देश खानी बोलको गीत सार्वजनिक भएको हो ।
माया प्रेममा आधारित यो गीतमा गायक रमेश परियारसँगै गायिका रेखा पोखरेलको आवाज रहेको छ । सामाजिक सञ्जालमा एकाएक भाइरल बनेका रमेशलाई नेपाली लोक गायक तथा सर्जक रोशन परियारले पहिलोपटक गीत गाउने अवसर दिएका हुन् ।
पत्रकार तथा युट्युबर पारस भट्टराईले म्याग्दी नै पुगेर रमेश परियार सङ्ग अन्तरवार्ता लिएका थिए । सोही अन्तरवार्ता पछि सबैले रुचाएका गायक परियारले स्टुडियोमा गीत गाएका छन् ।
उनको आवाजमा रहेको गीत धेरै दर्शकको रोजाइमा पर्ने अनुमान गरिएको छ । यस गीतमा गणेश अधिकारीको शब्द तथा रोशन परियारको लय/सङ्गीत रहेको छ ।
भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोस् ।