• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

लोकप्रिय समाचार

  • १. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ५. होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण


रुकुम पश्चिम -१३, कात्तिक ।

Advertisement

रुकुम पश्चिममा सञ्चालित होप परियोजनाले कृषक समूहका सदस्यहरूलाई उन्नत जातका तरकारीका बिउ तथा पानी फिल्टर वितरण गरेको छ । समुदायको कृषि उत्पादन वृद्धि, पोषण तथा खाद्य सुरक्षा प्रवर्धन, आयआर्जनका अवसर विस्तार र जलवायु उत्थानशील जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले बाँफिकोट गाउँपालिकामा सञ्चालित परियोजनाले ताजा तरकारीका बिउ वितरण गरेको हो ।

 

परियोजनाअन्तर्गत समूहमा आबद्ध एकसय ७० जना कृषकलाई बन्दा, काउली, टमाटर, मुला, धनियाँ, केराउ लगायत विभिन्न जातका मौसमी तरकारीका बिउ वितरण गरिएको परियोजनाका जलवायु न्याय अधिकृत टेकेन्द्र नेपालीले जानकारी दिएका छन् ।

 

तरकारी खेतीलाई प्रोत्साहन गर्दै घरपरिवारमै ताजा तथा पोषणयुक्त तरकारीको उपलब्धता बढाउनुका साथै अतिरिक्त उत्पादन बिक्री मार्फत कृषकहरूको आयआर्जनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसले स्थानीय स्तरमा कृषि उत्पादन र खाद्य सुरक्षालाई थप मजबुत बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

 

त्यसैगरी, सुरक्षित तथा स्वच्छ खानेपानीको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले परियोजनाले समूहका ५० जना सदस्यलाई पानी फिल्टर वितरण गरेको छ । फिल्टरको प्रयोगबाट पानी शुद्धीकरण गरी सुरक्षित खानेपानी उपभोग गर्ने बानीको विकास हुनुका साथै पानीजन्य रोगको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

उक्त सामग्री वितरण कार्यक्रममा बाँफिकोट गाउँपालिका वडानम्बर -४, का वडा सदस्य कमला विक र वडानम्बर -१०, का वडा सदस्य अस्मिता विकले संयुक्त रूपमा कृषक समूहका सदस्यहरूलाई तरकारीका बिउ तथा पानी फिल्टर हस्तान्तरण गरेका छन् ।

 

कृषि उत्पादन, पोषण, खाद्य सुरक्षा तथा स्वच्छ खानेपानीको पहुँचमा सुधार ल्याउने यस्ता सहयोगले स्थानीय समुदायको जीवनस्तर उकास्न र जलवायु परिवर्तनका चुनौतीसँग जुध्न सक्ने उत्थानशील समुदाय निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

लोकप्रिय

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ५.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

भर्खरै

  • १.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • २.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ५.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ६.
    आज बडा दसैँ

  • ७.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ८.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.