रुकुम पश्चिम -२, कात्तिक ।
Advertisement
आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले ओमानलाई १० रनले पराजित गर्दै विजयी भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा आज भएको लिग -२ को अन्तिम खेलमा ओमानलाई झिनो अन्तरले हराउँदै नेपाल विजयी भएको हो ।
आजको जितसँगै नेपाल लिग -२ को अङ्कतालिकामा १४ खेल जित्दै ३० अङ्क सहित छैठौँ स्थानमा रहन सफल भएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ८० रन जोडेको थियो ।
जवाफी ब्याटिङमा ओमानले ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ७० रन बनाउन सक्यो ।
नेपालका लागि देव खनाल, दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलले अर्धशतकीय पारी खेले ।
आयोजक राष्ट्र ओमान, क्यानडा र नेपाल सम्मिलित लिग-२ मा नेपालले चार खेलमा तीन खेल जित्न सफल भयो ।