रुकुम पश्चिम -२७, असोज ।
Advertisement
आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले ओमानलाई २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २ सय ६४ रनको प्रतिस्पर्धी लक्ष्य प्रस्तुत गरेको हो ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा चलिरहेको खेलमा नेपालले घरेलु टोली ओमानसामु २ सय ६३ रन बनाएको हो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रन बनाउँदा करण केसीले खेलको अन्तिमतिर विस्फोटक ब्याटिङ गर्दै १६ बलमा ४० रन बनाएका छन् ।
यदि आज नेपालले ओमानलाई पराजित गर्न सके अङ्क तालिकाको शीर्ष ६ मा पर्दै ओडिआइ स्टाटस बचाउने मौका सुनिश्चित हुनेछ ।
नेपालले आयोजक राष्ट्र ओमान, क्यानडा र नेपाल सम्मिलित लिग-२ अन्तर्गतका खेल खेलिरहेको छ । लिगको पहिलो खेलमा नेपालले क्यानडालाई पराजित गरेको थियो ।