रुकुम पश्चिम -१५, भदौ ।
रुकुम पश्चिमका व्यवसायी एवम् समाजसेवी मोहवीर खड्काले भोटेकोशी बाढी पीडितको लागि एक लाख रकम सहयोग गरेका छन् ।
मुसिकोट नगरपालिका -१४, घर भई हाल खलंगामा व्यवसाय गर्दै आएका नेपाली काँग्रेसका कोषाध्यक्ष समेत रहेका सफल व्यवसायी खड्काले बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रकम जम्मा गरेका हुन् ।
उनले विपद्को यो घडीमा एकजुट बन्न आह्वान गर्दै सानो सहयोगले पनि कसैको जीवनमा ठूलो आशा जगाउने बताएका छन् ।
विपद्को बेला हातेमालो गर्न र दुःखमा परेकाहरूलाई साथ दिन आफूले सक्दो सहयोग गरेको बताउँदै थोपा थोपा मिलेर सागर बन्ने भएकोले आशा ट्रेडर्सको तर्फबाट सहयोग गरेको खड्काको भनाइ छ ।
साथै उनले विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।