रुकुम पश्चिम -१०, भदौ ।
Advertisement
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले आज संसद बैठकमा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ अन्तर्गत कार्यसूचीमा रहेर उठेका प्रश्नको जवाफ दिनहुनेछ । प्रतिनिधि सभा नियमावली, २०८३ को परिच्छेद-९ बमोजिम माननीय सदस्यहरूले सोध्नुभएको प्रश्नहरूको जवाफ दिने कार्यसूची तय गरिएको छ ।
सभाको बैठकमा प्रधानमन्त्री शाहले “मुस्लिम आयोगको सातौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/०८२” पेस गर्ने बताइएको छ ।
त्यस्तै संसद बैठकमा माननीय उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले “नेपाल भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता” पेस गर्ने कार्यसूची रहेको छ ।