रुकुम पश्चिम -५, भदौ ।
अस्ट्रेलियाको डार्बिनमा आजदेखि सुरु भएको ‘टप इण्ड टि ट्वान्टी सिरिज’ अन्तर्गत नर्दन टेरिटोरीको टोली एनटी स्ट्राइकलाई नेपाल ‘ए’ ले एकसय २३ रनको टार्गेट दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले २० ओभरमा आठ विकेटको क्षतिमा एकसय २३ रनको टार्गेट दिएको हो ।
नेपालका लागि पवन सर्राफले सर्वाधिक ४१ रन जोडे । उनले ४७ बलको सामना गर्दै एक छक्का र तीन चौका प्रहार गरे । नेपालका ओपनर कुशल भुर्तेल भने आज पनि शून्य रनमा आउट भएका छन् ।
भदौ १४ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता रहेको छ । जसमा बङ्गलादेश र न्यूजील्याण्डले ‘ए’ टोली पठाएको छ । अन्य टिममा अस्ट्रेलियाको बिग बास लिग खेलिरहेका टिम रहेका छन् ।
प्रतियोगितामा नेपाल ‘ए’ सहित एनटी स्ट्राइक, बङ्गलादेश हाई–परफर्मेन्स, होबार्ट हुरिकेन्स, एसीटी कमेट्स, किङ्समेन र भिक्टोरिया रहेका छन् ।