रुकुम पश्चिम -२७, साउन ।
Advertisement
रुकुम पश्चिमको सानीभेरी नदीमा दाउरा निकाल्ने क्रममा आज बिहान एकजना युवा बेपत्ता भएका छन् । जिल्लाको सानीभेरी गाउँपालिका वडानम्बर -२, गिठाकोट स्थित सानीभेरीमा डुबेर एकजना युवा बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा सोही पालिका वडानम्बर -१, टाउँकेलेख बस्ने २८ वर्षीय प्रेम रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी झबिन्द्र परियारले बताए ।
प्रहरीलाई प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चौरजहारीबाट अजय डाँगीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटी गई खोजतलास कार्य जारी रहेको बताइएको छ ।
अहिलेसम्म बेपत्ता युवक फेला नपरेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।