रुकुम पश्चिम -२६, साउन ।
Advertisement
रुकुम पश्चिमको चौहरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादीले अन्ततः सफाई पाएका छन् । घुस लिएको आरोपमा मुद्धा लागेका वादीले आज विशेष अदालतबाट सफाई पाएका हुन् ।
अदालतका न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले नगरप्रमुख वादीलाई सफाई दिएको छ ।
यसअघि चैत ३ गते उनलाई घुस लिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।