रुकुम पश्चिम -७, साउन ।
Advertisement
नेपालले आज पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेबाट सुरु हुनेछ ।
दुबै टोलीले बुधबार सम्पन्न आफ्नो पहिलो खेल गुमाएका छन् । नेपालले पहिले खेल काजकस्तानसँग ३-२ ले पराजय ब्यहोरेको थियो ।
यसैबीच नेपालले आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज त्रिकोणात्मक सिरिजको दोस्रो खेल नेदरल्यान्डसँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे स्पोर्टपार्क नेदरल्यान्डमा सुरु हुनेछ । सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित हुन पुग्यो ।
त्रिकोणात्मक सिरिजमा आयोजक राष्ट्र नेदरल्यान्डसँगै नामिबिया र नेपालको सहभागिता रहेको छ । लिग -२ का सबै खेल आइसीसी टिभीमार्फत हेर्न सकिनेछ ।
नेपालले हालसम्म २९ खेल खेल्दै तालिकामा २४ अङ्क जोडेको छ ।