रुकुम पश्चिम -३, साउन ।
Advertisement
फिफा विश्वकप २०२६ को फाइनल खेल आज राति अर्जेन्टिना र स्पेनबीच हुँदै छ । खेल अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा नेपाली समय १२: ४५ बजे सुरु हुनेछ ।
साविक विजेता अर्जेन्टिना र स्पेनबीच हुने खेल निकै प्रतिस्पर्धात्मक मानिएको छ । दुवै देश उपाधि जित्दै नयाँ इतिहास रच्ने रणनीतिमा छन् ।
यस अघिको सेमीफाइनलमा स्पेनले फ्रान्सलाई २-० ले पराजित गर्दै फाइनल यात्रा तय गर्दा अर्जेन्टिनाले भने इङ्ल्याण्डलाई २-१ गोलले पराजित गरेर फाइनलमा स्थान सुनिश्चित गरेको थियो ।
फिफा विश्वकपकप अन्तर्गत तेस्रो स्थानका लागि आज बिहान भएको खेलमा इङ्ल्याण्डले फ्रान्सलाई ६-४ गोलले पराजित गरेको छ ।
४८ राष्ट्रले सहभागिता जनाएको २०२६ को फिफा विश्वकप आज सकिँदै छ ।