रुकुम पश्चिम -३२, असार ।
Advertisement
फिफा विश्वकप २०२६ को फाइनल भिडन्त अर्जेन्टिना र स्पेनबीच हुने भएको छ । फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनल खेलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २-१ गोलले पराजित गरेसँगै स्पेन र अर्जेन्टिनाको फाइनल भेट पक्का भएको हो ।
उपाधि भिडन्तका लागि अब साविक विजेता अर्जेन्टिना र स्पेनले सोमबार राति प्रतिस्पर्धा गर्नेछन् । स्पेनले पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० गोलले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
स्पेनले १६ वर्षपछि फाइनल यात्रा तय गर्दा साविक विजेता अर्जेन्टिना भने लगातार दोस्रोपटक फाइनलमा पुगेको छ ।
तेस्रो स्थानका लागि आइतबार राति फ्रान्स र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुने छ ।