रुकुम पश्चिम -२४, असार ।
Advertisement
रुकुम पश्चिममा जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुसिकोट नगरपालिका -१३, काउलेचौरका ३३ वर्षीय कुबेर ओली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झबिन्द्र परियारले ओलीलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको बताए । प्रतिवादी ओलीलाई रुकुम जिल्ला अदालतले एक वर्षअघि जबरजस्ती करणी उद्योगको मुद्दामा दुई वर्ष कैद सजाय र २० हजार जरिवाना तोकेको थियो ।
तर उक्त समयदेखि फरार रहेका ओलीलाई सम्मानित जिल्ला अदालतमा उपस्थित गराई सजाय भुक्तानका लागि आजै जिल्ला कारागार चलान गरिएको बताइएको छ ।