रुकुम पश्चिम -२३, असार ।
Advertisement
फिफा विश्वकप २०२६ अन्तर्गत आज क्वाटरफाइनल प्रवेशका लागि अर्जेन्टिना र इजिप्ट भिड्दैछन् । खेल नेपाली समयअनुसार राति ९ :४५ बजे सुरु हुनेछ ।
अमेरिकाको एटलान्ट स्टेडियममा हुने आजको खेल जित्ने देश अन्तिम आठमा प्रवेश गर्नेछ । पराजित हुने देश भने विश्वकपको राउन्ड १६ बाट बाहिरिने छ ।
आजको खेल निकै रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ । साविक विश्वकप विजेता अर्जेन्टिना यसपटक पनि उपाधि दाबेदार मानिएको छ ।
त्यस्तै राउन्ड १६ को अन्तिम खेल राति १:४५ बजे स्वीजरल्यण्ड र कोलम्बिया बिच हुनेछ ।