रुकुम पश्चिम -१४, असार ।
Advertisement
रुकुम पश्चिमको चौरजहारी नगरपालिका -११, खोलागाउँमा रहेको जहारी क्याम्पसको सोह्रौं स्थापना दिवस आज एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । प्रतिनिधि सभा सदस्य गोपाल शर्मा अनलको प्रमुख आतिथ्यतामा सोह्रौं वार्षिक उत्सव समारोह भव्य रुपमा मनाइएको हो ।
क्याम्पस स्थापना दिवसको अवसर पारेर जहारी क्याम्पसलाई जग्गा दान गर्ने १० जना जग्गादातालाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको छ । त्यस्तै क्याम्पसका संस्थापक कार्यसमिति तथा संस्थापक क्याम्पस प्रमुखलाई समेत दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको जहारी क्याम्पसले बताएको छ ।
क्याम्पसको वार्षिक उत्सव समारोहलाई भव्य बनाउन डिभिजन वन कार्यालयको सहयोग तथा सहजीकरणमा क्याम्पस परिसरभित्र वृक्षारोपण पनि गरिएको छ ।