रुकुम पश्चिम -१०, असार ।
Advertisement
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक गरेको छ । सानीभेरीले गाउँसभाको उन्नाइसौँ अधिवेशनबाट ८३/८४ को बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५५ करोड ८ लाख २४ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । जसमध्ये कुल बजेटको ७१ दशमलव ४१ प्रतिशत चालु खर्च र २८ दशमलव ५८ प्रतिशत पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ ।
उक्त बजेटमा गाउँपालिकाको शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगार, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकतामा राखिएको पालिकाले बताएको छ ।