रुकुम पश्चिम -५, असार ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । वैशाख १४ देखि २७ गते सम्म सञ्चालन भएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।
सार्वजनिक नतिजा अनुसार नियमित र आंशिकतर्फ गरी दुईलाख ६८ हजार १ सय ९० अर्थात् ६४ दशमलव १३ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । नियमिततर्फ दुई लाख ३१ हजार ७ सय ७० र आंशिकतर्फ ३६ हजार ४ सय २० विद्यार्थीले ग्रेड प्राप्त गरेको परीक्षा नियन्त्रण कार्यालयले बताएको छ ।
कुल ४ लाख १८ हजार एकसय ७० विद्यार्थी सहभागी भएको परीक्षामा नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ विद्यार्थीले ग्रेड हासिल गरेका छन् । नतिजा हेर्नको लागि राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट (http://result.neb.gov.np), एसएमएस लगायत विभिन्न सेवाको प्रयोग गर्न सकिने छ ।