• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. कविता – ‘उदेक लाग्छ’

  • ४. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

संस्थागत सुत्केरी घट्दै, कम तौलका शिशु जन्मिने दर बढ्दै

रुकुम पश्चिम -३, असार ।

Advertisement

रुकुम पश्चिममा स्वास्थ्य संस्थामा गई सुरक्षित रूपमा सुत्केरी हुने महिलाको संख्या पछिल्लो चार वर्षयता लगातार घट्दै गएको पाइएको छ । स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत हरिबहादुर पुनका अनुसार आर्थिक वर्ष ७९/८० मा ३ हजार २ सय ९५ जना महिलाले स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिएका थिए । यो संख्या आर्थिक वर्ष २०८२/८३ मा घटेर २ हजार ५ सय ८ मा पुगेको छ ।

यद्यपि कम उमेरमा आमा बन्ने दरमा भने सुधार देखिएको छ । आर्थिक वर्ष ७९/८० मा २० वर्षमुनिका ८ सय ५४ जना महिलाले स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिएकोमा आर्थिक वर्ष ८२/८३ मा यो संख्या घटेर ६ सय ९८ मा झरेको छ । बालविवाह न्यूनीकरण तथा किशोरावस्थामा हुने गर्भाधारण रोक्न सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रमको प्रभाव देखिएको जनस्वास्थ्य अधिकृत पुनको भनाइ छ ।

त्यस्तै जिल्लामा न्यून तौलका शिशु जन्मिने दर भने बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष ७९/८० मा कुल जन्मिएका शिशुमध्ये ६ प्रतिशत मात्र २ दशमलव ५ किलोग्राम भन्दा कम तौलका थिए । तर आर्थिक वर्ष ८१/८२ र ८२/८३ मा यो प्रतिशत बढेर ८ पुगेको छ ।

उक्त तथ्याङ्क अनुसार आर्थिक वर्ष ८१/८२ मा सबैभन्दा बढी २ सय १७ जना शिशु न्यून तौलका जन्मिएका थिए भने आर्थिक वर्ष ८२/८३ मा एकसय ९२ जना शिशु कम तौलका जन्मिएका छन् ।

कम तौलका शिशु जन्मिने दर बढ्नुले गर्भवती महिलाको पोषण अवस्था, आइरन चक्कीको नियमित सेवन तथा गर्भावस्थामा आवश्यक स्वास्थ्य सेवाको पहुँच र उपयोगमा अझै सुधार गर्नुपर्ने आवश्यकता देखाएको छ ।

मातृ स्वास्थ्यका केही सूचकमा सुधार देखिए पनि नवजात शिशुको स्वास्थ्य तथा पोषण अवस्थालाई थप सुदृढ बनाउन स्थानीय तह, स्वास्थ्य संस्था र सरोकारवाला निकायले प्रभावकारी योजना तथा कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ ।

बुधबार, असार ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    कविता – ‘उदेक लाग्छ’

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • २.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ३.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ६.
    कविता – ‘उदेक लाग्छ’

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.