• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

नेपालले ओमानलाई दियो दुईसय ६४ रनको लक्ष्य  

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

संस्थागत सुत्केरी घट्दै, कम तौलका शिशु जन्मिने दर बढ्दै


रुकुम पश्चिम -३, असार ।

Advertisement

रुकुम पश्चिममा स्वास्थ्य संस्थामा गई सुरक्षित रूपमा सुत्केरी हुने महिलाको संख्या पछिल्लो चार वर्षयता लगातार घट्दै गएको पाइएको छ । स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत हरिबहादुर पुनका अनुसार आर्थिक वर्ष ७९/८० मा ३ हजार २ सय ९५ जना महिलाले स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिएका थिए । यो संख्या आर्थिक वर्ष २०८२/८३ मा घटेर २ हजार ५ सय ८ मा पुगेको छ ।

 

यद्यपि कम उमेरमा आमा बन्ने दरमा भने सुधार देखिएको छ । आर्थिक वर्ष ७९/८० मा २० वर्षमुनिका ८ सय ५४ जना महिलाले स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिएकोमा आर्थिक वर्ष ८२/८३ मा यो संख्या घटेर ६ सय ९८ मा झरेको छ । बालविवाह न्यूनीकरण तथा किशोरावस्थामा हुने गर्भाधारण रोक्न सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रमको प्रभाव देखिएको जनस्वास्थ्य अधिकृत पुनको भनाइ छ ।

 

त्यस्तै जिल्लामा न्यून तौलका शिशु जन्मिने दर भने बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष ७९/८० मा कुल जन्मिएका शिशुमध्ये ६ प्रतिशत मात्र २ दशमलव ५ किलोग्राम भन्दा कम तौलका थिए । तर आर्थिक वर्ष ८१/८२ र ८२/८३ मा यो प्रतिशत बढेर ८ पुगेको छ ।

 

उक्त तथ्याङ्क अनुसार आर्थिक वर्ष ८१/८२ मा सबैभन्दा बढी २ सय १७ जना शिशु न्यून तौलका जन्मिएका थिए भने आर्थिक वर्ष ८२/८३ मा एकसय ९२ जना शिशु कम तौलका जन्मिएका छन् ।

 

कम तौलका शिशु जन्मिने दर बढ्नुले गर्भवती महिलाको पोषण अवस्था, आइरन चक्कीको नियमित सेवन तथा गर्भावस्थामा आवश्यक स्वास्थ्य सेवाको पहुँच र उपयोगमा अझै सुधार गर्नुपर्ने आवश्यकता देखाएको छ ।

 

मातृ स्वास्थ्यका केही सूचकमा सुधार देखिए पनि नवजात शिशुको स्वास्थ्य तथा पोषण अवस्थालाई थप सुदृढ बनाउन स्थानीय तह, स्वास्थ्य संस्था र सरोकारवाला निकायले प्रभावकारी योजना तथा कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ ।

बुधबार, असार ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी
कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४.
    आज बडा दसैँ

  • ५.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ६.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ७.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

  • ८.
    रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.