• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. एनभिएलमा आज दुई खेल हुँदै

  • ४. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

मातृ, नवजात शिशु र बाल स्वास्थ्यको प्रारम्भिक कार्यक्रम सम्पन्न

रुकुम पश्चिम -३, असार ।

Advertisement

रुकुम पश्चिममा आज मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय प्रारम्भिक परिचयात्मक तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमको आयोजना तथा अमेरिकी सरकार र नेपाल जनजागरण मञ्चको आर्थिक तथा प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल जनजागरण मञ्च मार्फत सञ्चालन हुने मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य कार्यक्रम अन्तर्गत ‘इपिक परियोजना’ जिल्लाका सबै ६ वटा स्थानीय तहमा सञ्चालन हुने नेपाल जनजागरण मञ्चका अध्यक्ष्य टेक बहादुर कुसारीले जानकारी दिए । परियोजनाको पहिलो चरण करिब चार महिना सम्म सञ्चालन हुनेछ ।

परियोजना अन्तर्गत स्वास्थ्य संस्थाहरूको अवलोकन, निरीक्षण तथा मूल्याङ्कन गरी आवश्यक उपकरण तथा प्राविधिक सहयोग उपलब्ध गराइने जनाइएको छ । कार्यक्रममा जिल्लाभर सञ्चालन भएका मातृ स्वास्थ्य, नवजात शिशु स्वास्थ्य तथा बाल स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूको वार्षिक प्रगति, उपलब्धि, चुनौती र आगामी कार्ययोजनाबारे समीक्षा तथा छलफल गरिएको छ ।

कार्यक्रममा सुरक्षित मातृत्व, संस्थागत सुत्केरी सेवा, नवजात शिशु मृत्यु न्यूनीकरण, खोप तथा पोषणसम्बन्धी सूचकहरूको समीक्षा गर्दै स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो । कार्यक्रममा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका जनस्वास्थ्य अधिकृत हरिबहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पश्चिमकी प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विक, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, नेपाल जनजागरण मञ्चका अध्यक्ष टेकबहादुर कुसारी, स्वास्थ्यकर्मी, स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा विभिन्न सरकारी एवं गैरसरकारी संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको बताइएको छ ।

कार्यक्रमको सञ्चालन स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कालीबहादुर ओलीले गरेका थिए ।

बुधबार, असार ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा
जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ४.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.

  • ७.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ८.
    ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.