रुकुम पश्चिम -४, जेठ ।
Advertisement
आइसिसी विश्व कप लिग टु अन्तर्गत टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । नेपालले स्कटल्यान्डलाई ४८ ओभर १ बलमा लक्ष्य पूरा गर्दै जित दर्ता गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले ३९ ओभर एक बल खेल्दै १ सय ९४ रन बनाएको थियो । जवाफी ब्याटिङमा नेपालले उक्त लक्ष्य चार विकेटको क्षतिमा पूरा गर्न सफल भयो । नेपालको जितमा कप्तान रोहित पौडेलले नट आउट ७४ रनको पारी खेले ।
आजको जितसँगै जारी त्रिकोणात्मक सिरिजमा नेपालले अङ्कतालिकामा दुई अङ्क थपेको छ । नेपाल २२ अङ्क सहित अङ्कतालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।
आइसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालसँगै स्कटल्यान्ड र अमेरिका सहभागी छन् ।
अब नेपालले अन्तिम खेल अमेरिकासँग खेल्ने छ ।