रुकुम पश्चिम -२५, बैशाख ।
Advertisement
आइसिसी विश्वकप लिग-२ को तयारी स्वरुप आज भएको अभ्यास खेलमा नेपाल ‘ए’ सँग अमेरिका पराजित भएको छ । नेपालले अमेरिकालाई तीन विकेटले पराजित गरेको हो ।
काठमाडौँ स्थित मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा २ सय ६२ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४९ ओभर एक बलमा उक्त लक्ष्य भेटाउँदै अमेरिकालाई पराजित गर्न सफल भयो ।
नेपालका लागि मायन यादवले सर्वाधिक ७२ रन बनाए । अमेरिकाका स्मित पटेलले १ सय १६ रनको शतकीय पारी बनाए पनि खेलमा नेपाल हाबी बन्यो ।
नेपाल ‘ए’ टिएमले बिहिबार स्कटल्यान्डलाई समेत पराजित गरेको थियो ।