रुकुम पश्चिम -२१, वैशाख ।
आज दिउँसोसम्म देशभर साधारणतया बादल लाग्ने जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ । दिउँसोसम्म बादल लागे पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग हावाहुरी र असिना पर्ने छ ।
साथै मध्यम सम्मको वर्षा हिमपातको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले बताएको छ । तर सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भने दिउँदो देखि मेघगर्जन चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थान, तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्ग हावाहुरी, असिना सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । साथै नेपालको दक्षिणतीर अवस्थित पूर्व देखि पश्चिम सम्म फैलिएको न्यून चापीय रेखाको समेत प्रभाव रहेको छ ।