• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

नेपालले ओमानलाई दियो दुईसय ६४ रनको लक्ष्य  

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

राप्रपाबाट पूर्णरूपमा अलग हुँदै रवि किरणले दिए राजीनामा


रुकुम पश्चिम -११, वैशाख ।

Advertisement

जेनजी आन्दोलनका अगुवा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रवि किरण हमालले पार्टीबाट पूर्णरूपमा अलग भएको घोषणा गर्दै राजीनामा दिएका छन् ।

 

लोकतन्त्र दिवसको अवसरमा आज एक प्रेस वक्तव्य जारी गरी हमालले व्यक्तिगत स्वार्थभन्दा बाहिर रहेर पछिल्लो एक दशकदेखि सुशासन, सुसंस्कृत राजनीतिक संस्कार र स्थायित्वका लागि निरन्तर प्रयत्न गर्दै आएको उल्लेख गर्दै औपचारिक रूपमा राजीनामा दिएको बताएका हुन् ।

 

उनले जेनजी आन्दोलनमा सक्रिय सहभागिता जनाउँदा गोली खान तयार भएको, भाद्र २३ गते पक्राउ परेको र राजनीतिक विचारका आधारमा अवमूल्यन हुनुपरेको स्मरण गरेका छन् । निर्वाचनमा जनस्तरबाट आफ्नो राजनीतिक विचारभन्दा फरक ढङ्गले अघि बढ्न आग्रह भएको पनि उल्लेख छन् ।

 

‘सम्पूर्ण राष्ट्र र मेरो पुस्ताका युवाहरूको भावना, ऊर्जा, सपना तथा परिवर्तनको तीव्र चाहनालाई गहिरो रूपमा हृदयङ्गम गर्दै जनताको सार्वभौम इच्छा र आकांक्षालाई आत्मसात् गरेर नै यो यात्रामा होमिएको थिएँ,’ वक्तव्यमा उल्लेख छ ।

 

हमालले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन र जेनजी आन्दोलनका क्रममा जनताले गरेको स्पष्ट संकेत, दिशाबोध तथा आकांक्षालाई सम्मान गर्दै यो जिम्मेवार र सचेत कदम चालेको स्पष्ट पारेका छन् । उनले यो निर्णय कुनै निराशा वा असन्तुष्टिको परिणाम नभई जनता र आफ्नो पुस्ताको भावनालाई स्वीकार गर्दै लिएको बताएका छन् ।

 

आगामी दिनमा उनी राष्ट्र र जनताको सेवालाई अझ दृढ संकल्प, उत्साह र उच्च ऊर्जाका साथ निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । जेनजी आन्दोलनको स्वच्छता, साहस, निष्पक्षता र परिवर्तनकारी स्पिरिटलाई राजनीति तथा राजकाजमा पूर्ण रूपमा व्यवहारिक रूपमा लागू गर्न निरन्तर लड्ने, योगदान दिने र अग्रसर रहने उनको भनाइ छ ।

 

मुलुकको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय हितको रक्षाका लागि, सुशासन, भ्रष्टाचारमुक्त शासन व्यवस्था र तीव्र आर्थिक उन्नतिमार्फत गुणस्तरीय जीवन सुनिश्चित गर्न आफू सदैव अग्रपंक्तिमा रहने उनले उल्लेख गरेका छन् ।

 

रवि किरण हमालले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन तथा सम्पूर्ण पार्टीले आफूप्रति देखाएको असीम विश्वास, स्नेह र साथप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।

 

रवि किरण हमाल जेनजी आन्दोलनबाट उदाएका युवा नेता हुन् । उनी हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राप्रपाको तर्फबाट सुर्खेत क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए ।

शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी
कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४.
    आज बडा दसैँ

  • ५.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ६.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ७.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

  • ८.
    रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.