• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७. एनभिएलमा आज दुई खेल हुँदै

  • ८. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

पत्रकार महासंघले बुझायो ज्ञापन पत्र

रुकुम पश्चिम -१०, वैशाख ।

Advertisement

नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले आज प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननीय प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । महासङ्घको केन्द्रीय कार्यक्रम अनुसार जिल्ला शाखाले प्रजिअ दिनेश प्रसाद थानी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले सरकारी सञ्चार माध्यममा मात्र सरकारी विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने निर्णय गरेकाले त्यसलाई सच्याउन ज्ञापन पत्र बुझाइएको महासङ्घले बताएको छ । जिल्ला सचिव दिपेन्द्र महतारा सहित पत्रकारको उपस्थितिमा बुझाइएको ज्ञापन पत्रमा सरकारको उक्त निर्णयले निजी तथा सामुदायिक सञ्चार माध्यमप्रति गम्भीर विभेद र अन्याय भएको ठहर गरेको छ ।

सरकारी निर्णय र परिपत्रले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्ड र अभ्यास, नेपालको संविधानमा लिपिबद्ध पूर्ण प्रेस स्वतन्त्रता, सूचनाको हक, सञ्चारको हक, स्वतन्त्र पत्रकारिता, खुला अर्थ नीति र संघीयताको मर्म विपरित रहेको महासंघको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

केन्द्रदेखि जिल्ला शाखाले यसअघि नै सरकारको विभेदकारी निर्णयप्रति असहमति जनाउँदै चैत २३ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । तर, लामो समयसम्म समस्या समाधानतर्फ सरकार उदासिन रहेको भन्दै महासङ्घले पुनः दोस्रो चरणका कार्यक्रम सार्वजनिक गरेको छ ।

सोही कार्यक्रम अनुरूप आज देशैभरका जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । महासंघले सरकार समक्ष राखेका मागहरू तत्काल पूरा नगरेको खण्डमा आन्दोलित हुने जानकारी समेत गराएको छ ।

बिहिबार, बैशाख १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.