• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

लोकप्रिय समाचार

  • १. कविता – ‘उदेक लाग्छ’

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५. कविता – ‘मोबाइल लीला’

  • ६. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ७. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ८. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ९. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • १०. नेपालले आज नेदरल्यान्डसँग खेल्दै

आवश्यकताका आधारमा योजना छनोट गर्न मन्त्री बुढाको आग्रह

रुकुम पश्चिम -२३, चैत ।

Advertisement

कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले आवश्यकताका आधारमा योजना छनोट गर्न आग्रह गर्नुभएको छ । आइतबार युनिसेफ र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा सानीभेरी र मुसिकोटमा सम्पन्न परियोजनाको अवलोकन गर्न आउनुभएको मन्त्रीले स्थानीय सरकारले आवश्यकता अनुसार योजना छनोट गर्नुपर्ने बताउनुभएको हो ।

आगामी आर्थिक वर्षका लागि अहिले सबै सरकार बजेट निर्माणको चरणमा रहेकाले जनताका खास समस्यालाई मात्रै योजना बैंकमा समेट्नुपर्ने उहाँले बताउनुभएको छ । प्राथमिकताका आधारमा छनोट गरिएका योजनाले लक्षित समुदायलाई प्रत्यक्ष लाभ हुने र कार्यान्वयनमा समेत सहजता हुने भएकाले वडा तहदेखि नै योजना छनोटमा ध्यान दिनुपर्ने मन्त्री बुढाको भनाइ छ ।

भूकम्पपछि युनिसेफ र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा सानीभेरी -१ र मुसिकोट -१४ मा खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी विभिन्न परियोजनाहरू सञ्चालन गरिएका थिए । सोही सम्पन्न योजना अनुगमनको सिलसिलामा मन्त्री बुढाले गैरसरकारी सङ्घ संस्थाले सरकारलाई सघाउने गरी समुदाय स्तरमा गरेका कामको प्रशंसा गर्नुभएको छ ।

अनुगमनकै क्रममा मन्त्री बुढालाई लाभग्राही समुदाय र स्थानीय सरकारले प्रदेशको आगामी नीति, कार्यक्रम तथा बजेटमा खानेपानी र सिँचाइको दिगोपनालाई थप व्यवस्थापका लागि पहल गर्न अनुरोध गरेका छन् । सो, क्रममा उहाँले आगामी बजेटमा रुकुम पश्चिमका लागि आवश्यक योजना पहलमा मन्त्रालयको तर्फबाट आफूले विशेष ध्यान दिने बताउनुभएको छ ।

युनिसेफ र आरएसडिसीले २०८० कात्तिक ३० गतेको भूकम्पपछि सानीभेरीको चाइना बगरमा सरकारको एक घर एक धारा कार्यक्रम अनुसार ८० घरधुरी र सार्वजनिक स्थानमा चारवटा खानेपानीका धारा निर्माण गरेको छ । त्यस्तै मुसिकोट १४ को कुमाल गाउँमा समेत ६० घरधुरीलाई खानेपानी पुर्‍याइएको आरएसडिसीका कार्यकारी निर्देशक नरेन्द्र ओलीले बताए ।

भूकम्पपछि सानीभेरी र मुसिकोटमा युनिसेफ र आरएसडिसीको साझेदारी तथा प्रदेश र स्थानीय सरकारको समन्वयमा खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरिएको ओलीको भनाइ छ ।

सोमबार, चैत २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालले आज नेदरल्यान्डसँग खेल्दै
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

लोकप्रिय

  • १.
    कविता – ‘उदेक लाग्छ’

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    कविता – ‘मोबाइल लीला’

  • ६.

  • ७.
    कविता – ‘उदेक लाग्छ’

  • ८.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.