रुकुम पश्चिम -२२, चैत ।
Advertisement
रुकुम पश्चिमको सबैभन्दा पुरानो विद्यालय श्री त्रिभुवन जनता माध्यमिक विद्यालयको शिक्षक अभिभावक सङ्घको अध्यक्षमा प्रवीर ददेल सर्वसम्मत चयन भएका छन् । सदरमुकाम मुसिकोटमा अवस्थित विद्यालयको शिक्षक अभिभावक भेलाले शनिबार ददेललाई (शिअ) संघको अध्यक्षमा चयन गरेको हो ।
भेलाले ददेल सहित ११ जनालाई शिक्षक अभिभावक सङ्घमा चयन गरेको छ । संघको अध्यक्षमा सर्वसम्मत चयन भएपछि प्राप्त जिम्मेवारीलाई उच्च सम्मानका साथ ग्रहण गरिएको ददेलले बताए ।
उनले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासन सुदृढीकरण र विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा समर्पित हुने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै त्रिजमावि लाई नमुना तथा उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्नका लागि सबैसँग सहकार्य र समन्वय गर्ने बताएका छन् ।