• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

नेपालले ओमानलाई दियो दुईसय ६४ रनको लक्ष्य  

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया


रुकुम पश्चिम -१९, चैत ।

Advertisement

रुकुम पश्चिममा आज राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका सन्दर्भमा सरोकारवालासँग अन्तर्क्रिया तथा छलफल गरिएको छ । जिल्ला आर्थिक गणना कार्यालय रुकुम पश्चिमको आयोजनामा जिल्ला प्रशासन कार्यालयको सभाहलमा अन्तरक्रिया गरिएको हो ।

 

कार्यक्रममा आर्थिक गणनाको परिचय, उद्देश्य र महत्त्वबारे विस्तृत जानकारी दिइनुका साथै यसको कानुनी तथा नीतिगत पक्षबारे समेत स्पष्ट पारिएको छ । साथै जिल्ला आर्थिक गणना समन्वय समिति गठन, संरचना तथा समितिको काम, कर्तव्य र जिम्मेवारीबारे सहभागीहरूलाई जानकारी गराइएको थियो ।

 

त्यसैगरी स्थानीय तह तथा वडा स्तरका आर्थिक गणना समन्वय समितिको भूमिका, गणनामा समावेश गरिने तथा नसमेटिने क्षेत्रहरू, तथ्यांक संकलन विधि र गणनाको दायराबारे पनि प्रस्तुति गरिएको छ । कार्यक्रममा आर्थिक गणना २०७५ बाट प्राप्त भएका केही प्रमुख सूचकहरूको नमूना प्रस्तुत गर्दै आगामी गणनालाई थप प्रभावकारी बनाउने विषयमा छलफल तथा अन्तरक्रिया गरिएको ।

 

कार्यक्रममा सहभागीहरूले आर्थिक गणनामा नागरिक, सञ्चारमाध्यम तथा अन्य सरोकारवालाको भूमिकालाई महत्वपूर्ण मान्दै सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

 

जिल्लामा आर्थिक गणना कार्यका लागि १७ जना गणक र ३ जना सुपरिवेक्षक परिचालन गरिने जानकारी दिइएको छ । जिल्लाका सबै पालिकाका प्रत्येक वडामा एक/एक गणक क्षेत्र रहनेछ । मुसिकोट नगरपालिका -१ मा १५ वटा गणक क्षेत्र निर्धारण गरिएको छ ।

 

यसैबिच आर्थिक गणना २०७५ को अनुभवका आधारमा आगामी २०८३ साल वैशाख ३ गतेदेखि असार मसान्तसम्म अनुगमन तथा सुपरिवेक्षण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

 

अन्तरक्रिया कार्यक्रममा सहायक आर्थिक गणक अधिकारी गंगा खड्काको प्रस्तुतिकरण रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानी, आर्थिक गणना कार्यालय रुकुम पश्चिमका आर्थिक गणक अधिकारी ठाकुरप्रसाद लामिछाने, प्रहरी प्रमुख, पत्रकार लगायत सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी
कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४.
    आज बडा दसैँ

  • ५.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ६.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ७.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

  • ८.
    रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.